भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

नेकपा एमाले दोलखाको जिल्ला स्तरीय प्रशिक्षण भेला ः विधिको शासन स्थापित गर्न स्थानीय तहसंग माग

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा ।

नेकपा एमाले दोलखाले विधिको शासन स्थापित गर्न दोलखाका स्थानीय तहसंग माग गरेको छ । स्थानीय तह निर्वाचनपछि गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गरेका स्थानीय तहमा मूल्य, मान्यता, नीति र परम्परालाई कुल्चदै पूर्ववत् रहेका कर्मचारीहरूलाई विनाकारण वर्खास्त गर्ने लगायतका काम गरेको भन्दै विधिको शासनलाई स्थानीय तहमा स्थापित गर्न नेकपा एमाले दोलखाले माग गरेको हो ।
शनिबार चरिकोटमा सम्पन्न पार्टीको जिल्ला स्तरीय बृहत प्रशिक्षण भेलाले उक्त प्रस्ताव पारित गरेको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । जिल्लाका विपद्जन्य जोखिम क्षेत्रमा तीनै तहका सरकारलाई राहत र उद्धारका कार्यक्रम ानसञ्चालन गर्न माग गरेको छ ।
जिल्लाका लापिलाङ, मालुखोला, मेलुङ, जिरी लगायतका ठाउँमा बाढी पहिरोलो पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका नेता कार्यकर्तालाई मानवीय उद्धारमा परिचालित हुन निर्देश गरिएको छ ।

भेलाले पार्टीले सञ्चालन गरिरहेको सुद्धीकरण र सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउनको साथै पार्टीले तय गरेको ‘समृद्ध दोलखा, सुखी दोलखाली’ को नारालाई सार्थक बनाउन आवश्यक पहलकदमी गर्ने भएको छ । त्यस्तै स्थानीय निर्वाचनपश्चात्त गठबन्धनका उम्मेद्वार निर्वाचित जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीलाई बिना कारण बर्खास्त गरिएको भन्दै विधिको शासन स्थापित गराउन माग गरिएको छ ।

नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको भेलामा पार्टी उपमहासचिव विष्णु रिमाल, पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेल, बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे, केन्द्रिय सदस्य तथा दोलखा इन्चार्ज सरस्वती बस्नेत, प्रदेश कमिटी सदस्य तथा दोलखा इन्चार्ज इश्वरचन्द्र पोखरेल लगायतले प्रशिक्षण दिनुभएको थियो ।

 

राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.