वडाध्यक्षको व्यक्तिगत सहयोगमा बालबालिकालाई खेलकुद सामग्री वितरण
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्षले विद्यार्थीका लागि खेलकुदका सामग्री वितरण गर्नु भएको छ । भीमेश्वर नगरपालिका वडा नं ५ बुढाभीमसेन माध्यमिक विद्यालय धरघरका बालबालिकालाई व्यक्तिगत सहयोगमा खेलकुदका विभिन्न सामग्री वितरण गर्नु भएको हो ।
वडाध्यक्ष श्रेष्ठले बालबालिकाका लागि भलिबल,फुटबल,भलिवल नेट,व्याडमिन्टन,व्याडमिन्टन नेट,लुडो,चेस,स्पिकिङ,पम्प,कक लगायतका खेलकुदका सामग्री विद्यालयको बालक्लबलाई हस्तान्तरण गर्नु भएको हो ।
विद्यालयमा खेलकुद विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले आवश्यकताको आधारमा व्यक्तिगत खर्चमा विद्यालयमा खेलकुद सामग्री वितरण गरेको विद्यालयका प्रधानाध्यापक राजन कार्कीले बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले साना कक्षाका बालबालिकालाई आवश्यकताको आधारमा शैक्षिक विकासमा सहयोग पुग्ने प्रकृतिका खेलकुदका सामग्री थप सहयोग गर्ने समेत बताउनु भयो ।
वडाध्यक्ष श्रेष्ठले निर्वाचन अगाडि सरकारी सुविधा सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा समेत गर्नुभएको थियो । यसै अनुरुप वडा नं ५ का जेष्ठ नागरिकलाई आफूले पाउने सुविधाबाट तीर्थ भ्रमण गराउने योजना रहेको समेत जानकारी दिनुभयो । यस्तै वडा नं ५ का सबै विद्यालयका बालबालिकालाई ट्रयाकसुट वितरण गर्ने योजनासमेत सुनाउनुभयो ।
खेलकुद सामग्री विद्यार्थीहरुलाई आवश्यकता अनुसार प्रयोग गर्ने विद्यालयले जनाएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...