गौरीशंकर क्याम्पसमा ‘रुपा स्मृति पुस्तकालय’
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा रुपा स्मृति पुस्तकालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रुपा स्मृति फाउण्डेशनको सहयोगमा निर्माण सम्पन्न ‘रुपा स्मृति पुस्तकालय’ सोमबार एक कार्यक्रमको आयोजना गरी गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट,दोलखालाई हस्तान्तरण गरेको हो ।
गौरीशङ्कर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष समेत रहनुभएका फाउण्डेसनका संयोजक आत्माकृष्ण श्रेष्ठले क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र मानन्धरलाई हस्तान्तरणपत्र प्रदान गरी पुस्तकालय हस्तान्तरण गर्नुभएको थियो । पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका संस्थापक संयोजक श्रेष्ठले पठन संस्कृति हराउँदै गएकोले यसको विकासका लागि पुस्तकालय निमार्ण गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“पुस्तकालय खुल्ला विश्वविद्यालय हो । जसले पनि प्रयोग गर्न सक्छन् ।”
क्याम्पसबाट उत्पादन हुने जनशक्ति राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने बनाउन क्याम्पसलाई सुझाव दिनुभयो । क्याम्पसका संस्थापक अध्यक्ष समेत रहनु भएका श्रेष्ठले क्याम्पसको उनन्नयका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा भीमेश्वर नगर प्रमुख इश्वरनारायण मानन्धरले क्याम्पसको शैक्षिक विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने बताउनुभएको छ ।
कार्यक्रममा बोल्नुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले अवको लक्ष्य भनेको शैक्षिक गुणस्तर बृद्धि रहेको । साथै आजको पुस्ताले खोजेको डिजिटल र सुविधा सम्पन्न पुस्तकालयको स्थापना गर्नेसमेत प्रतिवद्धता जनाउनु भयो । अध्यक्ष मानन्धरले प्रतिस्पर्धात्मक शिक्षामा अगाडि बढ्न विद्यार्थीलाई आग्रह समेत गर्नुभयो ।
रुपा स्मृति फाउण्डेसन र गौरीशङ्कर बहुमुखी क्याम्पसबिच २०७८ चैत्र १५ गते भएको सम्झौता बमोजिम फाउण्डेसनले २५ लाख रुपैयाँको लागतमा पुस्तकालय कक्ष निर्माण गरेर क्याम्पसलाई हस्तान्तरण गरेको क्याम्पस प्रमुख शान्त केसीले जानकारी दिनुभयो । गौरीशङ्कर बहुमुखी क्याम्पस सभा सदस्य तथा क्याम्पसका संस्थापक अध्यक्ष आत्माकृष्ण श्रेष्ठकी पत्नी समाजसेवी तथा शिक्षाप्रेमी स्वर्गीय रुपा श्रेष्ठको स्मृतिमा फाउण्डेसनले पुस्तकालय निर्माण गरेको क्याम्पस प्रमुख केसीको भनाई छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...