प्राचिन शहर दोलखामा भैरब कुमारीको जात्रा सुरु, ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वास
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरब कुमारीको जात्रा सुरु भएको छ । हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि षष्टीको रातभरसम्म दोलखामा बाजागाजा सहित भैरब र कुमारी जात्रा हुने गरेको छ ।
जात्रामा ब्रत बसे मनोकांक्षा पूरा हुने जनविश्वासले दोलखा बजारलगायत क्षेत्रका मानिसहरु दिनभर ब्रत बस्दछन् । विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ ।
भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् । शिवभक्ती परिवारका समूहद्वारा भैरब र कुमारीको परिचयमा सञ्चालन हुने यो भैरब कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरेको पत्रकार महेन्द्र श्रेष्ठले बताउनुभयो ।
पौराणिक किंवदन्तीका अनुसार दोलखामा ३ दिदीबहिनीलाई नागदहमा भेटेपछि तान्त्रिकले देवीको रुपमा दोलखामा ल्याएका थिए । जेठी र कान्छी त्रिपुरासुन्दरीमा बसे भने माइली भने कालिन्चोक डाँडामा बसिन् ।
कान्छी चकचके स्वभाव भएकाले दिउँसो हराउने गर्थिन् । त्यही समयमा दोलखामा प्रतिदिन मानिस घटदै जान थालेपछि तान्त्रिक दाजु भाईले विचार गरी हेर्दा कान्छीले मान्छे खाने गरेको रहस्य पत्ता लगाए ।
यसलाई समाधान गर्नै पर्ने ठानी लुकामारी खेल्ने बाहाना बनाई दुवै दाजुभाई मिलेर कान्छीलाई बालकुमारीमा खाल्डो बनाई माथिबाट ढकनीले छोपी दिएछन् । खाल्डो भित्र पस्न पुगेपछि देवी डर त्रासले रोई कराई गरिन् । पछि दया लागेर उनीहरुले वर्षमा ५ दिन भैरवलाई अगाडि लगाएर मात्रबाहिर आउन शर्त राखेपछि सोही दिनदेखि ५ दिनसम्म भैरवकुमारी जात्रा निकाल्ने परम्परा सुरु भएको दोलखाका इतिहासकार तिर्थनाराण जोशीले बताउनुभयो ।
भैरबकुमारी जात्रालार्इ ब्यबस्थित रूपमा सन्चालन गर्न टोलटोलमा सडक बती ब्यबस्थापन, साथै टोल बासिहरूलाई आ आफनो टोलमा सरसफाइ गर्न अनुरोध गरेको भिमेश्रर नगरपालिका का वडा नं २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठले बताउनुभयो ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...