माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले हकप्रद शेयर निष्कासन गर्ने
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भदौ ४, तारादेवी बस्नेत
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आफ्ना शेयर धनीहरूलाई शतप्रतिशत हक प्रद सेयर निष्कासन मार्फत पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हिजो काठमाडौँमा भएको १४ औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारण सभामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गर्दै उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद सेयरको माध्यमबाट पूँजी वृद्धिको लागि विशेष प्रस्ताव पेस गरेको बताउनुभयो । उहाँले ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी हुनुपर्ने प्रावधान रहेकोमा नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि वृद्धि हुँदा लागत बढेर पूँजी बढाउनुपर्ने अवस्था आएको बताउनुभयो ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत् गृहबाट निस्कने पानीलाई करिब ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौँ आयोजना निर्माण गर्ने लक्ष्य प्राधिकरणको छ ।हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब २९ करोड रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात् चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...