जिल्ला सहकारी संघ दोलखा ३० औं वर्षमा प्रवेश
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जिल्ला सहकारी संघ दोलखा ३० औं वर्षमा प्रवेश गरेको छ । संघले ३० औं स्थापना दिवसको अवसरमा समीक्षात्मक कार्यक्रमको आयोजना गरेको छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीको आगामी योजनाका विषयमा छलफल गरिएको जिल्ला सहकारी संघ दोलखाले जनाएको छ ।
कार्यक्रममा वागमती प्रदेश वचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्काले सहकारीको वर्तमान अवस्था र चुनौतिका विषयमा विचार व्यक्त गर्नुभयो । यसैबीच जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाँईले संघले गरेका काम, भावी योजना र सहकारी अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।। संघले सदस्य संस्थाहरुको संस्थागत विकास, संस्थाका सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकास लगायत सहकारी अभियानको प्रवद्र्धनका लागि निरन्तर रुपमा काम गर्दै आएको र सहकारीको साख बढाउन महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो ।
। कार्यक्रममा जिल्ला सहकारी संघका पदाधिकारी,सहकारीकर्मी लगायतको सहभागिता रहेको थियो । दोलखामा ४ सय ३५ वटा सहकारी संस्थाहरु आवद्ध रहेका छन् । २०५० साल भाद्र ४ गते स्थापना भएको जिल्ला सहकारी संघ, दोलखा जिल्लाका सहकारीहरुको छाता संघ हो । यो संघ नेपालै उत्कृष्ट र नमुना संघको रुपमा परिचित छ ।
जिल्ला सहकारी संघ, दोलखाले उत्कृष्ट सहकारी पुरस्कार(२०७८ बाट पुरस्कृत समेत भएको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...