कुटीडाँडा र हुनुमन्तेश्वर माध्यमिक विद्यालय बीच सिकाइ आदान प्रदान
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
हनुमन्तेश्वर माध्यमिक विद्यायल काब्रे र कुटीडाँडा माध्यमिक विद्यालय मकैबारी दोलखा बीच सिकाइ सहजीकरण आदान प्रदान कार्यक्रम भएको छ ।
शिक्षण सिकाइमा शैक्षिक गुणस्तर र शैक्षिक उपलब्धी बृद्धि गर्ने उद्देश्यले भीमेश्वर नगरपालिकामा रहेको कुटीडाँडा माध्यमिक विद्यालय र वैत्यश्वर गाउँपालिकामा रहेको हनुमन्तेश्वर माध्यमिक विद्यालय बीच सिकाइ आदानप्रदान गरिएको हो ।
देशभरको नमुना विद्यालयको रुपमा छनौट भएको हनुमन्तेश्वर माध्यमिक विद्यालयमा दुई विद्यालय बीच आयोजना गरिएको सिकाइ सहजीकरण आदान प्रदान कार्यक्रममा असल अभ्यास साँटासाँट,विषयगत कक्षा क्रियाकलापमा विषयगत शिक्षक समावेश र विद्यालयका शिक्षक बीच अन्तरक्रिया कार्यक्रम भएको कुटीडाँडा माध्यमिक विद्यालय मकैवारीका प्रधानाध्यापक शंकरलाल श्रेष्ठले बताउनुभयो ।
कार्यक्रम दुबै विद्यालयले असल अभ्यासको आदान प्रदान गरेका थिए । दुबै विद्यालयका असल अभ्यासहरुको आदान प्रदानले दुबै शैक्षिक संस्थालाई फाइदा पुग्नुका साथै शैक्षिक विकासमा समेत टेवा पुग्ने हनुमन्तेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यपक भरत केसीको भनाइ छ ।
हनुमन्तेश्वर माध्यमिक विद्यालयमा प्रत्येक कक्षामा विद्यार्थाीको सक्रिय सहभागिता,प्रत्येक कक्षामा व्यवस्थापन गरिएको सूचनामैत्री स्मार्ट टिभी,आकर्षक भौतिक व्यवस्थापन र समग्र विद्यालयको व्यवस्थित व्यवस्थापकीय पक्ष हनुमन्तेका सिक्नु पर्ने पक्ष भएको कुटीडाँडा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ईश्वर चौलागाईको अनुभव रहेको छ ।
अन्तरक्रियापछि दुई विद्यालय बीच शिक्षक र विद्यार्थीको पारस्परिक शिक्षण आदान प्रदान गरी सिकाइलाई निरन्तरता दिने समेत सहमति भएको विद्यालयले जनाएको छ ।
यसैबीच वैत्यश्वर माध्यमिक विद्यालयमा पनि अन्तरक्रिया कार्यक्रम गरेको विद्यालयले जनाएको छ । कुटीडाँडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका ४ जना पदाधिकारीसहित ३५ जनाले सिकाइ आदान प्रदान कार्यक्रममा सहभागिता जनाएका थिए ।
गतवर्ष देशभरकै १ सय विद्यालय मध्य हनुमन्तेश्वर मावि नमुना विद्यालयको रुपमा छनौट भएको थियो भने वर्षेनी सामुदायिक विद्यालयमध्ये उत्कृष्ट नतिजा हात पार्दै आएको छ । कुटी डाँडा माध्यमिक विद्यायल दोलखा पनि भीमेश्वर नगरपालिकाको उत्कृष्ट विद्यालयको रुपमा विगत ३ वर्षदेखि पुरस्कृत हुँदै आइरहेको छ ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...