दोलखामा योग अभ्यास कार्यक्रम ः विद्यालयदेखि सर्वसाधरणसम्म
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखाका विभिन्न विद्यालयमा योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । पतञ्जली योग समितिका केन्द्रिय युवा संयोजक लोकनाथ खनालले दोलखाका विभिन्न बालबालिकालाई योगको शैद्धान्तिक एवं व्यावहारिक ज्ञान दिनु भएको हो ।
दोलखा भीमेश्वर नगरपालिकामा रहेका कुँटीडाँडा माध्मिक विद्यालय,महेन्द्रदयो मावि,बुढाभीमसेन माध्यमिक विद्यालय,भीम मावि,त्रिपुरा बोर्डिङ लगायत गौरीशंकर बहुमुखी क्याम्पस दोलखाका विद्यार्थीलाई योग शिक्षासंगै अभ्यास गराउनु भएको छ ।
बालबालिकालाई संस्कारी बनाउन योग शिक्षाको महत्व रहेको योग गुरु खनालको भनाइ छ । विद्यार्थीका लागि मनलाई एकाग्र बनाउने योग बढी प्रभावकारी हुने उहाँको भनाइ छ ।
दोलखा सदरमुकाम चरिकोटमा रहेको आयुरवेद कार्यालय र आइओएमको हलमा दैनिक विहान बेलुका योग कक्षा सञ्चालन गर्दै आउनु भएका योग गुरु खनालले वाँकी समय विभिन्न विद्यालय,क्याम्पस,सरकारी कर्मचारी,सेना,कारागारका कैदी बन्दी समेतलाई योग र योगको महत्वका विषयमा जानकारीसंगै योग अभ्यास गराउँदै आउनु भएको छ ।
योग गुरु खनाल भन्नुहुन्छ ‘योग चिकित्सा पद्धति हो –रोगीका लागि,योग जीवन हो– निरोगीका लागि,योग साधना हो –योगीका लागि र योग सबैका लागि ।’
योगको जीवनशैली अपनाए जीवन सार्थक हुने छ । योग गर्नेको जीवन शैली आफै परिवर्तन हँुदै जान्छ । योग सजगता हो,सबै काममा सजगता आवश्यक छ, त्यसैले सबैले योगको अवलम्बन गर्न जरुरीभएको खनालको भनाइ छ ।
‘प्राणायामले शरीरमा अक्सिजनको प्रवाह बढाएर छाला र श्वास–प्रश्वाससम्बन्धी रोग, क्यान्सरलगायतका जटिल रोगबाट जोगाउँछ वा यसको विस्तारलाई कम गर्छ ।’ योगअन्तर्गतको ध्यानले हाल समाजमा अत्यधिक देखिन थालेको उदासीपन, तनाव र छटपटी आदि कम गर्ने उहाँ बताउनुहुन्छ ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...