भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

अवस्था हेरेर तीज मनाऔं र स्वास्थ्य हेरेर व्रत बसौं -कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

दोलखा, ११ भदौ ।
नेपाली महिलाहरु विशेष पर्व तीज नजिकिएसंगै तीजका विभिन्न कार्यक्रम भइरहेका छन् । जिल्लामा राजनीतिक दलका भगिनी संगठनदेखि गाउँपालिकाका वडा तहसम्म विभिन्न सिर्जनात्मक कार्यक्रम सहित तीज पर्वलाई स्वागत गरिरहेका छन् ।
वडा स्तरीय महिला वडा स्तरीय महिला सञ्जाल र कल्याणकारी महिला समूहले पनि कालिञ्चोक गाउँपालिका वडा नं ९ मा पनि तीज गीत प्रतियोगितासहित कार्यक्रम सम्पन्न गरेको छ । कल्याणकारी आमा समुहकी अध्यक्ष गोमा थामीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीले शुभ कामना दिँदै पर्वको नाममा बढेको विकृति अन्त्य गर्दै मौलिकता बचाउन सुझाव दिनुभयो । समयसंगै पर्व मनाउने पद्धतिमा पनि परिस्कृत गर्दैै जानु पर्ने बेला आएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो,“अर्को वर्षको तीजमा महिलाको सीप प्रदर्शन गरौ र पुरस्कृत गरौं । महिलाहरुलाई आत्मनिर्भरताको बाटोमा लैजान उत्प्रेरणा भरौं । मन्तव्यकै क्रमममा अध्यक्ष शिवाकोटीले अवस्था हेरेर तीज मनाउन र स्वास्थ्य हेरेर ब्रत बस्न पनि आग्रह गर्नुभयो ।


कार्यक्रममा बोल्दै वडा नं ९ का वडाध्यक्ष रामप्रसाद मैनालीले मौलिकता बचाउन र तीजलाई भड्किलो बनाउन नदिन को लागि प्रत्येक वर्ष वडाले तीज विशेष कार्यक्रम गर्दै आएको स्मरण गर्नुभयो । साँस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन एकता र सद्भावको लागि एक हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो । वडाध्यक्ष मैनालीले वर्षमा एकदिन मात्र होइन हक अधिकारका लागि प्रत्येक दिन बाहिर निस्कन महिलालाई आग्रह गर्नुभयो ।


कार्यक्रममा अधिकारकर्मी रिता रिमालले परम्परादेखि मनाउँदै आएको तीज पर्व लाउने खाने प्रतिस्पर्धा मात्रै नभएर प्रतिफल देखिने गरी काममा लाग्न महिलालाई आग्रह गर्नुभयो । राज्यका हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक भएको बताउदै चाडपर्वले राजनीतिक र सामाजिक व्यवस्थामा परिवर्तन ल्याउन सङ्गठित हुने मौकाका रूपमा मनाइएको स्मरण गर्नुभयो ।


कार्यक्रमको अवसरमा आयोजना गरिएको तीज गीत प्रतियोगितामा पशुपति आमा समूह प्रथम,लेकाली आमा समुह द्वितीय,निलकमल आमा समूह तृतीय भएका छन् । विजयी प्रतियोगितालाई गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले पुरस्कार वितरण गर्नु भएको थियो ।
कार्यक्रममा बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.