जिरीमा एक महिने शुसु अभियान उत्साहपूर्ण र प्रभावकारी भएको निष्कर्ष
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमाले जिरीको एक महिने संगठन शुद्धीकरण तथा सुदृढीकरण अभियान सम्पन्न भएको छ । २०७९ साउन ११ बाट सुरू भएको एक महिने अभियान उत्साहपूर्ण र प्रभावकारी भएको अभियानका संयोजक एवं नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताउनु भयो ।
अभियानले पार्टीभित्रै रहेको अन्तरद्वन्द्ध सहजीकरण,पार्टीप्रति एक हुने वातावरण निर्माणसंगै पार्टीको मुख्य समस्या पहिचानमा अभियान प्रभावकारी भएको उहाँको भनाइ छ ।
अभियानले जनगुनासो सम्बोधन गर्न उच्चस्तरीय नेता र जननिर्वाचितहरूसँग छलफल गर्ने समेत योजना निमार्ण गरेको छ ।
अभियानका क्रममा नगर कमिटीको बैठक, भेला, सबै वडास्तरमा शिविर सञ्चालन, व्यवसायी, शिक्षकहरूसँग अन्तरक्रिया, महिलाहरूसँग प्रशिक्षण लगायतका कार्यक्रम सम्पन्न भएको वताइएको छ ।
कार्यक्रम अवधिमा संगठित सदस्यता नवीकरण कार्यको थालनी, पार्टीका सयौं नेता, कार्यकर्ता, किसान, महिला, शिक्षक, व्यवसायी, युवा, विद्यार्थी र सर्वसाधारणसँग जिरी र मुलुकका लागि एमालेले निर्वाह गर्नुपर्ने योगदानका विषयमा छलफल भएको नेकपा एमाले जिरी नगर कमिटिले जनाएको छ ।
अभियानमा पोलिटव्युरो सदस्य आनन्द पोखरेल, इन्चार्ज सरस्वती वस्नेत, सम्पर्क समन्वय प्रमुख श्याम वस्नेत, नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य जसमाय जिरेल, बागमती प्रदेश सदस्य लक्ष्मण गुभाजु, बागमती प्रदेश सदस्य एवं जिरीका मेयर मित्र जिरेल, पूर्वमेयर टंक जिरेल लगायतको सहभागिता रहेको थियो ।
संगठन शुद्धीकरण तथा सुदृढीकरण अभियानमा नगर इन्चार्ज गोपाल जिरेल, नेकपा एमाले नगर अध्यक्ष केशव कार्की, जिल्ला समन्वय पूर्व उपप्रमुख मनमाया जिरेल, उपमेयर कृष्णमाया बुढाथोकी, पार्टी नेता टपेन्द्र खड्का, नेताहरू रस्मिला सुनुवार जिरेल, सम्पर्क मञ्चका कल्पना वस्नेत, अमृत कार्कीको सहभागीता रहेको नगर कमिटीले जनाएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...