भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

शिवाकोटीका पूर्खाले सबैभन्दा पहिला बनाएको शिव कुटी,भुकम्पपछि अझै पुनः निर्माण हुन सकेन ।

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी
सत्रौ शताब्दीमा अस्तित्वमा रहेको दोलखा सुनखानीको चौघरा दरबार र कालिनाग मन्दिर भन्दा पुरानो शिवकुटी मन्दिरको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जीर्ण अवस्थामा रहेको शिव कुटी २०७२ सालको विनाशकारी भुकम्पले पूर्णरुपमा क्षति पूगेपछि अहिले भग्नावशेषसमेत देख्न कठिन हुने अवस्थामा पुगेको छ । सत्रौ शताब्दीमा सुनखानी छिरेका पाध्य व्रामहण (शिवाकोटी) प्रवेश गरी छाप्रो हालेर बास बसेको सबैभन्दा पुरानो स्थान छपर्कुमा रहेको शिवकुटीको इतिहास संरक्षण हुन नसकेको स्थानीयको गुनासो छ । ऐतिहासिक दोलखा दरबारको जस्तै प्यागोडा शैलीको छाना रहेको कुटी भत्किएपछि पुन निर्माणमा कसैले चासो नदिदा पुरानो इतिहास हराउने चिन्ता छ, स्थानीय जेष्ठ नागरिक रामप्रसाद शिवाकोटीको ।

केही दलिन,थाम,ढुङ्गा,इटा,झिंगटी भ्याल,ढोकाका नमुना एक स्थानमा थुप्रो लगाएको अवस्थामा छ । जिम्मेवारी कसैले लिएका छैनन् । कति सामान हराउदै गए । कालिनाग मन्दिर पुरानै शैलीमा निर्माण सम्पन्न भएको छ । चौघराको पनि काम शुरु भएको छ तर हाम्रा पूर्खाले पाइला राखेको र पुर्खाको आस्थाको केन्द्र शिवकुटी निर्माण गर्न कसैले चासो नदिएको स्थानीय कृष्ण प्रसाद शिवाकोटी गुनासो गर्नुहुन्छ ।
वर्तमान समयमा कालिनाग संरक्षण समितिले नै व्यवस्थापन गर्ने गरी गणेश पाटी बनिरहेको छ । शिवकुटीको थाम समेत गणेश पाटी निर्माणमा प्रयोग भइसकेको छ । तर दोलखाको उत्तरी क्षेत्रमा नै पहिलो पटक बनेको शिवकुटीका अर्थात गणेश पाटीका विषयमा भने कसैको चासो छैन् । वि.सं २०७२ सालमा नै पुरातत्व विभागमा निवेदन दिएपनि कुनै प्रक्रिया अगाडि नबढेको जिविस पूर्व उपसभापति समेत रहनु भएका स्थानीय कृष्ण प्रसाद शिवाकोटीको गुनासो छ ।
गाउँपालिका अध्यक्ष अर्जुृन शिवाकोटीले आफ्नो कार्यकालमा पुरानै शैलीमा शिव कुटी निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

भुकम्पपछिको कुटी

शिव कुटी
शिवाकोटीका जिजु कुमाउ गढदेखि आएको इतिहास छ । कुमाउ गढबाट आएको हुनाले शिवाकोटीहरुलाई कुमाई भन्ने गरिन्छ । किम्बदन्ती अनुसार सत्रौ शताब्दीतिर भारतमा हिन्दु र मुस्लिमको धार्मिक युद्ध पछि महिला र केटाकेटी माथि आक्रमण हुन थाल्यो । सबैभन्दा बढी महिला र बालबालिका जोखिममा परे । असुरक्षित महशुस गरी आपनो अस्तित्व जोगाउन र जीवन रक्षाका लागि नेपाल पसेका गणेश पाध्य सहितको पाण्डेय व्राह्मण समुह डोटी,दार्चुला,दिपायल हुदै काठमाण्डौमा बसोबास गर्न थाले ।
जतिवेला दोलखामा नेवारहरुको राज्य थियो । दोलखा भीमेश्वरको लागि शक्तीशाली व्रामहण खोज्दै जाँदा काठमाण्डौमा पूर्खा गणेश पाध्य लगायतका जिजु भेटेको एक थरीको भनाई छ । केही समय भीमसेन थानमा बसेपछि जिजु गणेश लगायतको समूहले “हामी त गाई चराउने मानिस संधै एक स्थानमा वस्न सक्दैनौ” भनेपछि दोलखाका तत्कालीन राजाले मनपर्ने स्थानमा बस भन्ने आदेशपछि हालको छपर्कु (कालिञ्चोक गाउँपालिका ८) मा पहिला बसोबास शुरु गरेको इतिहास रहेको छ । गाई चरणका लागि विगु डाँडादेखि जिलुको तारे पहरोसम्म विर्ताका रुपमा दिएको उल्लेख गरिएको छ । विगुडाँडादेखि जिलुको तारे पहरोसम्मको विर्ता मध्ये छपर्कुमा रोजेर बसे । बसोबासका लागि छाप्रो बनाएको थियो । छाप्रो बसेको स्थान भएर हाल छर्पकु भनिएको बुढापाकाको भनाइ छ ।
२००७ पछि कुटीको अवस्था
स्थानीय समाजसेवी कृष्ण प्रसाद शिवाकोटीका अनुसार तत्कालीन दोलखा दरबारको शैलीमा निर्माण भएको थियो । कुटीको मर्मत सम्भार दोलखा दरबारबाट नै हुदै आएको थियो । राणाकालीन समयसम्म दोलखाबाट नै मर्मत सम्भारका काम हुने गर्थे । प्यागोेडा शैलीको झिंगटीको छाना भएको शिवकुटी विस्तारै जिर्ण वन्दै गयो ।
शिवाकोटीका अनुसार २०२८ सालसम्म दोलखा भीमेश्वर मन्दिर संरक्षण समितिबाट नै मर्मत गर्ने चलन थियो । त्यसपछिको समयमा पञ्चायती शासन व्यवस्थाको मध्य अवस्थामा कालीगढ पनि आउन छाडे । कुटी जीर्ण हुदै गएपछि स्थानीय कर्णानन्द शिवाकोटीको पहलमा ढुङ्गाको छाना फेर्ने काम भयो । जतिवेला श्रीप्रसाद खरेलबाट १ सय,नारायण प्रसाद शिवाकोटीबाट १ सय र कर्णानन्द शिवाकोटीबाट ५ हजार रुपैयाको लागतमा ढुङ्गाको छाना लगाइएको थियो । जुन कुटीमा विगतदेखि नै विभिन्न स्थानबाट आएका जोगी,सन्यासी आएर ध्यान तपस्या,प्रवचन गर्थे । जुन छानासहितको कुटी २०७२ सालको विनासकारी भुकम्पका कारण पूर्ण रुपमा क्षति भयो ।
शिवकुटीको ऐतिहासिक सन्दर्भ
गणेश पाध्य लगायतको समुह सबैभन्दा पहिला सुनखानीको छपर्कुमा छाप्रो हाली बसोबास शुरु गरे । शिवाकोटीका जिजु गणेश पाध्य विहान ३ वजे उठ्थे । नजिकको जँुगे पँधेरामा नुहाउने,नित्य जपध्यान तपस्या गर्ने र छाप्रोमा आएपछि शीवको नित्य पूजा गर्ने गर्थे । दैनिक पूजापछि १२ बजेपछि खानाको लागि ६ गाँस मुछ्ने ,एक गाँस पर सारेर राख्ने,पर सारेको गाँस कुनै जीवजन्तुले खाएपछि मात्र पञ्चगाँस खाने विशेषता थियो जिजु पाध्यको ।
एक दिनको कुरा हो,दैनिक नित्यकर्मपछि सदाभंmै नियमअनुसार एक गाँस पर सारेको खाने कुनै जीव जनावर आएनन् । जिजु चिन्तित हुदै ”धर्म पुगेन” भन्ने सोचेर शीवजीको पुकार गर्न लागे । माथि फर्केर ध्यान गर्दै गर्दा जट्टाधारी शिवजीको दर्शन दिए । कुटी भएको स्थानमा शीवजीले दर्शन दिएका थिए । भए । जहाँबाट शिवजी अन्तरध्यान भए त्यही स्थानमा शिवजीको कुटी बनाइ सेवा गर्न शुरु गरे गणेश पाध्यले । शिवजीको सेवा गर्ने भएकै कारण गणेश जीजुलाई शिवाकोटी भनिएको किम्वदन्ती छ । जतिवेला जिजुहरुकै आग्रहमा कालीगढले प्यागोडा शैलीको शिवकुटी बनाउन लगाएका थिए । जुन झिंगटीको छानाले छाएको थियो । त्यसपछि गणेशमन्दिर,कालिनाग मन्दिरको स्थापना गरेको भनाई छ । मन्दिर पाँच शुरे छाना भएको थियो ।
शिवजीको नाममा कुटी बनाएर सेवा गरेवापत शिवाकोटी भनिएको मानिन्छ । दोलखाको इतिहासमा पनि शिवाकोटीको इतिहास रहेको छ । दोलखाभन्दा उत्तरमा सबैभन्दा पहिला बनेको कुटी शिव कुटी भएको जिल्ला विकास समितिका पूर्व उपसभापति कृष्ण प्रसाद शिवाकोटीको दावी छ ।

कुटीका विशेषता ः
कुटी रहेको मन्दिरमा चौथो पुस्तासम्म नियमित पुजा गरेको किंम्वदन्ती भेटिन्छ । भीमेश्वर मन्दिरमा दैनिक पूजाको लागि पूजा सामग्री पु¥याउने चलन रहेछ । पछि औसी र पुर्णेमा मात्र सामग्री लान थालियो । पछि सबै छाडियो । कुटीमा योगीहरु बस्थे । गाउँमा सीधा उठाउने,दैनिक पूजा सामग्री भीमेश्वर मन्दिरमा पु¥याउने काम हुन्थ्यो । कुटी व्यवस्थापनका लागि रामदत्तकी आमा पार्वती शिवाकोटी(कृष्ण प्रसादकी जिजु आमा) ले ५ पाथी मकैको विउ गुठीका रुपमा दान गर्नुभएको थियो । शिवाकोटीहरुले औसी र पुर्णेमा सिधा दिने चलन थियो । थुप्रै योगीहरु आउने बस्ने,पूजा आराधना गर्ने,ध्यान तपस्या गर्ने गर्थे ।
वि.सं २०२२ । ०२३ सालतिर कुविजा व्राम्हणका अविवाहित दुई दाजुभाइ वस्थे । केही समयपछि ती दुइ दाजुभाइ एकै दिन विहान र बेलुका गरी मृत्यु भएपछि कुटीमा जोगी बस्न छाडेका थिए । सवै शिवाकोटीहरुले औसी पूर्णेमा  दान गर्ने,एक पाथी धान र एकभारी पराल दिनुपथ्र्यो । कुटीमा बस्ने जोगीले गाई पाल्ने काम गर्थै । औसी पुर्णेमा दोलखा भीमसेन मन्दिरमा पूजा सामग्री लाने चलन थियो । जोगीहरुले पालैपालो सामग्री लाने गर्थे ।

कुटी जीर्ण अवस्थामा थियो । वि.स.२०७२ सालको विनाशकारी भुकम्पले कुटी पूर्णरुपमा क्षति भयो ।

 

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.