दोलखामा राडीपाखी व्यवसाय संकटमा
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा सुरीका श्यामकाजी गुरुङले महिनामा ४ वटा राडी उत्पादन गरेपनि बिक्री हुन हम्मेहम्मे परेको छ ।
कुनै समय माग अनुसार धान्न धौ धौ थियो भने अहिले महिनामा एउटा राडी बिक्री गर्न समेत समस्या हुदै आएको छ ।
राडीपाखी व्यवसायलाई आफनो प्रमुख पेशा बनाएका उनीहरुको व्यवसाय संकटमा पदै गएको छ । आफुले सिकेको सिप दोस्रो पुस्तामा हस्तान्तरण नहुदा उनीहरुको व्यवसाय संकटमा परेको हो ।
बजारमा पाइने गलैचा, कम्बल लगायतका सामग्रीले आफनो व्यवसाय संकटमा परेको गुरुङको भनाई छ ।
दोलखामा परम्परागत रुपमा बुनिदै आएका राडीपाखी र लुकुनी विस्तारै लोप हुदै गएका छन ।
बजारमा तयारी कपडा सस्तोमा पाउने भएकाले हातले तयार गरेका कपडाको माग घटदै गएको हो । युवापुस्ताले सिप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढदै जानुले राडीपाखी र लुकुनी विस्तारै लोप हुन लागेको दलुमाया गुरुङको भनाई छ ।
हिमाली क्षेत्रमा पाइने भेडाको रौबाट उन तयार पारेर राडीपाखी र लुकुनी बुन्ने गरिन्छ । बजारमा एउटा राडी २ हजारदेखी ५ हजारसम्म बिक्री हुने गरेको छ ।
पुरानो पुस्ताले गाउमै बुनिएको कपडा प्रयोग गदै आएपनि नयाँ पुस्ताले प्रयोगमा रुचि नदेखाएको कारण लोप हुदै गएको भेडापालक कृषकहरुको भनाई छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...