जग्गा कित्ताकाट गर्न रोकेपछि दोलखा मालपोत कार्यलय सुनसान, राजश्व समेत गुमाउदै सरकार
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
सरकारले जग्गाका बर्गिकरण गरेर मात्रै कित्ताकाट गर्न भूउपयोग नियमावली लागू गरेपछि मालपोत कार्यालय सुनसान बनेको छ । यस्को मुख्य कारण हो सरकारले जग्गाको बर्गिकरणको जिम्मा स्थानीय तहलाई नै दिनु हो ।
सरकारले जग्गा किनेबच लगायतमा व्यवस्थापनका लागि नियमावली ल्याएपनि कार्यान्वयन गर्ने निकाय स्थानीय तहले भने अझै जग्गा बर्गिकरणमा सक्रियता देखाएको छैन ।
सधै जसो भरीभराउ हुने मालपोत कार्यलय दोलखा आजभोली सुनसान छ । मालपोत सुनसान हुनुकोे मुख्य कारण हो सरकारले जेठ २३ गते ल्याएको भूउपयोग नियमावली २०७९ ।
दोलखाको ९ स्थानीय तह मध्ये कुनै पनि स्थानीय तहले जग्गाको बर्गिकरणको काम थालेका छैनन । जस्को प्रत्यक्ष असर जग्गा रजिष्टेशन र कित्ता काटबाट उठने राजश्वमा पनि परेको छ । जिल्ला मालपोत कार्यालय दोलखामा दैनिक २५ रजिष्टेशजन पास र त्यत्तिकै सङख्यामा दृष्टिबन्धकी पास हुने गरेपनि अहिले मुश्किलले ४ ओटा जग्गााको रजिष्टेशन पास हुने गरेको छ ।
स्थानीय तहले भूउपयोग नियमावली अनुसार जग्गाको बर्गिकरणमा गरेको ढिलाईका कारण जग्गा किनबेच किनबेच रोकिएको मालपोत कार्यलय दोलखाका प्रमुख धनबहादुर तमाङले बताउनुभयो ।
जग्गा कित्ताकाटको काम रोकिएपछि मालपोत कार्यलय दोलखामा राजस्व संकलन गिरावट आएको छ । गत आर्थिक वर्षको साउनमा ९२ लाख २४ हजार राजस्व संकलन भएकोमा यो आर्थिक वर्षको साउनमा ३३ लाख ६८ हजार मात्र राजस्व संकलन भएको छ ।
स्थानीय तहलाई बसोबास, आवास, कृषि लगायत १० क्षेत्रमा जग्गा बर्गिकरण गर्न परिपत्र गरेपनि दोलखाका ९ वटा स्थानीय तहले प्रक्रिया समेत बढाउन सकेका छैनन । जस्को प्रत्यक्ष मारमा स्थानीय सेवाग्रही परेकाछन् ।
सरकारले पठाएको परिपत्र ढिला गरी आएकाले तत्काल प्रक्रिया अगाडी बढाइने मेलुङ गाउपालिकाका अध्यक्ष हिरा थोकरले बताउनुभयो ।
जग्गा कित्ताकाट नभएपछि अशंबण्डा, वैदेशिक रोजगारीका लागी जाने र जग्गा किनबेच गर्नेहरुको लागी सबैभन्दा ठुलो समस्या भएको सेवाग्राहीको भनाई छ ।
जग्गा बेचेरै र दुष्टिबन्धकी राखेर घर चलाउने वर्गका सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन् । अर्कोतर्फ राजश्व समेत गुम्दै गएको छ ।
चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...
गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददातागौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...
पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददातासमूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...