दोलखाको दुई पालिकामा चौध सय सतासी धारा निर्माण, घण्टौ लगाएर पानी बोकेर खानुपर्ने बाध्यताबाट मुक्त
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
घण्टौ लगाएर खोला र कुवाको पानी बोकेर खादै खाएका दोलखाका २ पालिकाका १४ सय ८७ धरधुरीका स्थानीयलाई पानी बोकेर खानुपर्ने बाध्यता हटेको छ ।
दोलखा शैलुङको २ र कालिञ्चोक गाउपालिकाको ३ गर ५ वटा वडाको १२ वटा टोलमा १४ सय ८७ धारा निर्माण भएपछि दलित, जनजाती र सिमान्तकृत वर्गका स्थानीयलाई पानी बोकेर खानुपर्ने बाध्यता हटेको हो ।
खोला र कुवामा घण्टौ लगाएर पानी बोकेर खादै खाएका सिमान्तकृत थामी र दलित समुदाय घरमा नै धारा बनेपछि हर्षित बनेका छन ।
खानेपानी बोकेर ल्याउदा नै आधा दिन बित्ने गरेको उक्त स्थानका महिलाहरुलाई अन्य काम गर्न समेत सहज भएको छ ।
सामुदायिक विकास मञ्चको ९ करोड ३६ लाख३९ हजार, गाउपालिकाको १ करोड ८३ लाख ७३ हजार र जनश्रमदान २ करोड ११ लाख ७३ हजार गरी १३ करोड ३१ लाख ८६ हजारमा १४ सय ८७ वटा धारा निर्माण गरिएको हो ।
गाउपालिकासंग समन्वय गरी खानेपानीको अभाव भएको स्थान पहिचान गरी धारा निर्माण गरेको सामुदायिक विकास मञ्चका अध्यक्ष राजु थापाले बताउनुभयो ।
४ वर्षमा दोलखाको २ वटा पालिकाको विभिन्न टोलमा टयाकी सहित धारा निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गदै गरिएको मञ्चका अध्यक्ष थापाले बताउनुभयो ।
खोला र खहरेबाट घण्टौ लगाएर पानी बोकेर खादै आएका दोलखाको २ वटा स्थानीय तहका १२ टोलका स्थानीयहरु घरमा नै धारा बनेपछि तरकारी खेती समेत गर्न थालेका छन ।
खानेपानीको बचत गर्न मिटर समेत जडान गरेका स्थानीयले पानीबाट उठेको रकम समुहमा जम्मा समेत गदै आएका छन ।
३७ वटा इन्टेक र ५५ वटा ट्याकी सहित धारा निर्माण भएपछि १४ सय ८७ घरधुरी प्रत्यक्ष लाभान्वित भएको गाउपालिकाले जनाएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...