बसपार्क नहुदा दोलखा सदरमुकाम चरिकोट बजार अस्तव्यस्त, सरोकारवाला निकाय मौन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
जिल्लामा खास तोकिएको बस पार्क छैन् बस टर्मिनल छ तर त्यहाँ कुनै सवारीका साधान पार्किङ गरिएको पाइदैन । जिल्लामा विगत १० वर्ष देखी चरिकोटमा बस पार्क निर्माणका लागि जग्गा खोजी भईरहेपनि निर्माण हुन सकेको छैन । भिमेश्वर नगरपालिकाले बसपार्क निर्माणको लागी चासो नदेखाउदा सदरमुकाम चरिकोट अस्व्यस्त बनेको हो ।
जिल्लाको पहिचान रुपमा रहेको दोलखा सदरमुकाम चरिकोट बजार बसपार्क नहुदा अस्तव्यस्त बनेको छ।
जिल्लाको सदरमुकामको अवस्था हेरेनै समग्र जिल्लाको पहिचान हुने भयपनि जिल्ला सदरमुकामनै अस्तव्यस्त बनेको हो । यसको मुख्य कारण हो आधिकारीक बसपार्क नहुनु र आफू खुसी जथाभाबी सवारीका साधन पार्किङ गर्नु ।
बसपार्क नभएपछि सडक र बजारको छेउछाउमा जथाभावी गाडी पार्किङ गर्नुपरेको सवारी चालक शिखर थापाको भनाई छ ।
बसपार्क नहुँदा सडक दायाँबायाँ, होटल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ हुँदै आएका छन् ।
चरिकोटमा व्यवस्थित बसपार्क नहुदाँ सडकमै दोहोरो पार्किङ हुने गरेको छ । त्यसले गर्दा आगन्तुक तथा सर्वसाधरण नागरिकलाई समेत हिडडुल समस्या हुदै आएको छ । लामो दूरीका बस र बोलेरो जिप र मोटरसाईकलको जथाभावी पार्किङले व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख विष्णु पुरीले वताउनुभयो ।
जिल्लामा बस टर्मिनल छ तर त्यहाँ कुनै सवारीका साधान पार्किङ गरिएको पाइदैन । विगत १० वर्ष देखी चरिकोटमा बस पार्क निर्माणका लागि जग्गा खोजी भईरहेपनि निर्माण हुन सकेको छैन । जग्गा खोज्ने क्रममा गौरीशंकर बालगृह नजिकै उपयुक्त देखिएको भीमेश्वर नगरपालिका ईन्जिनियर शाखाका प्रमुख सुरेश राउतले बताउनुभयो ।
बस पार्क निर्माणका लागि उक्त क्षेत्रमा नगरपालिकाले गुरुयोजनाको समेत निर्माण भईसकेको छ तर जग्गाको व्यवस्थापन भने अझै हुन् सकेको छैन् । बस पार्क निर्माणका लागि २ हेक्ट्रर जग्गाको आवश्यक पर्ने र बर्खेडाँडापारी सामुदायिक वनको उपभोक्ता समिति सँग छलफल भई रहेको भिमेश्वर नगरपालिकाले जनाएको छ ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...