जनसचेतन सहकारी संस्थाको २९ औं साधारण सभा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताअसोज १
जनसचेतन बचत तथा ऋण सहकारी संस्था चरिकोट सेवा केन्द्रको २९ औँ वार्षिक साधारण सभा आज चरिकोटमा सम्पन्न भएको छ । सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदन, लेखासुपरिवेक्षण समितिको प्रतिवेदन तथा अन्य गतिविधिहरु र चालु आर्थिक वर्ष बाह्यलेखा परिक्षण प्रतिवेदन पारित गरेको छ । साधारण सभाको अवसरमा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मान्नधर,जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष जगतप्रसाद सुवेदी,जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष कोषाध्यक्ष सरुना बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारण सभाको अवसरमा सहकारीले जेष्ठ शेयर ४१ जना सदस्यहरुलाई लौरो वितरण गरिएको छ । त्यसैगरी चरिकोट सेवा केन्द्र अन्तरगत अधिक शेयर खरिदकर्ता अमृत बहादुर बुढाथोकीलाई नगद सहित सम्मान गरेको छ ।
सहकारीमा गत आर्थिक वर्षको असार मसान्त सम्म ३६ हजार २सय ५४ जना रहेका छन् भने सहकारीमा हाल कुलपुँजी २ अरब १८ करोड ६९ लाख ४ हजार १ सय ६१ रुपैयाँ रहेको छ । सहकारीको २९ औँ साधारण सभा आज एकैदिन ९ स्थानमा सम्पन्न गरिएको छ भने बाँकी ८ स्थानमा असोज ३ गते सम्पन्न गरिने सहकारीले जनाएको छ ।
जनसचेतन सहकारीले १६ सेवा केन्द्रमा ‘सदस्यता विस्तारित मञ्च’ कार्यक्रम सञ्चालन गर्ने जहाँ प्रत्येक महिला सेवा केन्द्रका अगुवा सेयर सदस्यलाई सहकारी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने,कार्यक्षेत्रका सम्बन्धित पालिकाका जनप्रतिनिधिसंग जनसचेतन कार्यक्रम,ऋण लगानी व्यवस्थापन र व्यवसाय प्रवद्र्धन कार्यक्रम र सुशासन परीक्षणका योजना रहेको संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठको भनाइ छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...