भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दोलखामा ५३ जनाको मनोनयन दर्ता ।

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दोलखामा १७ स्वतन्त्रसहित ५३ जनाको उम्मेरदवारी परेको छ ।
आईतबार साँझ सम्पन्न मनोनयन दर्तामा विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फका गरी ५३ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको प्रतिनिधि सभा सदस्यका लागि ७ स्वतन्त्र सहित २१ जनाको उम्मेरदवारी परेको छ भने २ निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा १२ स्वतन्त्रसहित ३२ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश नं १ मा १९ जना र प्रदेश नं २ मा १३ जनाको मनोनयन दर्ता भएको हो । प्रदेश नं १ मा ८ जना र प्रदेश नं २ मा ४ जना स्वतन्त्र रहेका छन् ।


प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका बालकृष्ण शिवाकोटी,गठवन्धनको तर्फबाट गंगा कार्की विश्व,राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्का, नेपाल मजदुर किसान पार्टीका गोपाल बहादुर शिवाकोटी,राष्ट्रिय स्वतन्त्र पार्टीका जगधीश खरेल,जनता समाजवादी पार्टी नेपाल, दावा शेर्पा, नागरिक उन्मुक्ति पार्टीबाट .शुक्र तामाङले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी विश्वनीति प्रकाशमानसिंह पाख्रिनले हाम्रो नेपाली पार्टी, कुमार तामाङ मंगोल नेशनल अर्र्गनाईजेसन, मिन बहादुर श्रेष्ठ नवराजले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, .खिम बहादुर शिवाकोटी – नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), लोक बहादुर खड्का नेपाली काङ्ग्रेस (वि.पी), जनार्दन पोखरेल जनसमाजवादी पार्टी, नेपाल, गोपाल नेपाली लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट उम्मेरदवारी दर्ता गराएका छन् ।
जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि ७ जनाको स्वतन्त्र उम्मेरदवारी परेको छ । स्वतन्त्र उम्मेरदवारहरु जीवनाथ शिवाकोटी,वद्री दहाल,ठाकुर बहादुर बुढाथोकी,वीर बहादुर कार्की र राम बहादुर सुवेदी,भवेन्द्र कार्की,टंक बहादुर कार्की रहेका छन् ।


दोलखामा १ जना प्रतिनिधि सभा सदस्यका लागि २१ जना र २ जना प्रदेश सभा सदस्यका लागि ३२ जनाको उम्मेरदवारी परेको हो ।

राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.