भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

समूदायलाई भ्रमित तुल्याउने र भोटको राजनीति गर्ने काम खेदपूर्ण छ – विन कुमार थामी

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

आपनो नाम भजाएर समुदायलाई भ्रमित तुल्याएको भन्दै कालिञ्चोक गाउँपालिका पूर्व अध्यक्ष एवं नेकपा एमाले वाग्मती प्रदेश कमिटि सदस्य विन कुमार थामीले खेद प्रकट गर्नुभएको छ ।
निर्वाचनको समयमा विगतका घटनालाई अतिरञ्जित बनाएर विपक्षीहरुले प्रचारबाजी गरेको भन्दै विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जानकारी गराउनु भएको हो ।
विज्ञप्तीमा भनिएको छ,“घट्ना भएको वर्षौंपछि निर्वाचनको सम्मुखमा मेरो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्नेगरी भैरहेको दुष्प्रचार प्रतिशोधपुर्ण, दुरासययुक्त र बदनियतका साथ गरिएको कुरा स्पष्ट पार्न चाहन्छु । मेरो नाम भजाएर समुदायप्रति र तमाम प्रतिसहानुभुति राखेजस्तो नाटक गरेर सोझासिधा जनता र समुदायलाई भ्रमित तुल्याउने र भोटको राजनीति गर्ने अनैतिक, अराजनीतिक गतिविधिको जति निन्दा गरेपनि कम हुन्छ ।
म विगत लामो समयदेखि नेकपा एमालेले अगिंकार गरेको बिचार, सिद्धान्त प्रतिबद्द रहि यो पार्टीमा संगठित र क्रियाशील व्यक्ति हुँ । नेकपा एमालेको आत्मासाथ गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तको प्रयोगबाटै आम नेपाली र उत्पीडित वर्ग, जात, क्षेत्र र लिंगका समुदाय अधिकार सम्पन्न हुनसक्छन् भन्ने मेरो दृढ विस्वास छ । पार्टी, कालिञ्चोकबासी तमाम जनता र त्यहाँका सस्पूर्ण समुदायको साथ सहयोग र सद्भावका कारण मेलै गाउँपालिका अध्यक्ष हुने अबसर प्राप्त गरेको थिएँ । हाम्रो समुदायको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक उत्थान नेकपा एमालेले गर्दै आएको र आगामी दिनहरुमा पनि गर्नेछ ।”
तत्कालीन समयमा भएको समसामयिक विषयलाई लिएर भ्रमको सिर्जना गरी भोट बटुल्न दुस्प्रयास गर्ने विपक्षीहरुलाई भोटको राजनीति गर्नुभन्दा पिछडिएको समुदायहरुको हकहित र अधिकारका लागि काम गरेर देखाउन सम्बन्धित पक्षलाई विज्ञप्तीमार्फत चुनौती दिन चाहन्छु भन्नु भएको छ ।
जातीय, क्षेत्रिय सद्भाव, सहिष्णुता, आपसी मेलमिलाप र एकताबद्ध समाजमा यस्ताखाले आधारहीन र भ्रमपुर्ण प्रचारले द्धन्द्ध र बिग्रह सिर्जना गर्नसक्छ । कुनै राजनीतिक एजेण्डा नभएपछि भ्रमको सहारा लिनु लज्जाको विषय हो । यस्ताखाले भ्रमका खेती गर्ने तत्वहरुबाट आम जनता सचेत हुन र भ्रमको पछाडी नलाग्न हार्दिक अपिल गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र एमालेका सम्पूर्ण उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गरी बिजय गराउनुहुन अनुरोध गर्दछु विज्ञप्तीमा भनिएको छ ।

स्थानीय तहको निर्वाचन २०७४ बाट कालिञ्चोक गाउँपालिकाका अध्यक्षमा निर्वाचित विन कुमार थामीको कार्यकालमा भएको केन्द्र विवाद र अन्य समसामयिक घटनालाई लिएर अहिले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिवाकोटीसंग जोडेर विभिन्न भ्रामक र कपोकल्पित भ्रम बाहिर आएपछि गाउँपालिकाका पूर्व अध्यक्ष एवं नेकपा एमाले बागमती प्रदेश सदस्य विन कुमार थामीले विज्ञप्ती जारी गर्दै यस्तो बताउनु भएको हो ।

 

 

 

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.