यसरी हुनसक्छ, एमाले उम्मेदवारको पल्लाभारी
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताचरिकोट – मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा सम्भावित नतिजाबारे विश्लेषण हुन थालेको छ । दोलखामा पनि स्थानीय तहको मतपरिणामलाई आधार मानेर विभिन्न अड्कलबाजी सुरु भएको छ । जिल्लामा एमाले र सत्तारुढ गठबन्धनका उम्मेदवार प्रमुख प्रतिस्पर्धीको रुपमा रहेका छन् । प्रतिनिधिसभातर्फ एमालेबाट वालकृष्ण शिवाकोटी र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्की ‘विश्व’ बीच कडा प्रतिस्पर्धा हुने चर्चा छ । यसैगरी प्रदेशसभा १ (क) तर्फ एमालेका नरबहादुर श्रेष्ठ र कांग्रेसका कुन्दन काफ्ले तथा प्रदेशसभा २ (ख) तर्फ एमालेका भरत केसी र कांग्रेसका बर्मा लामा चुनावी मैदानमा छन् ।
यस्तो छ, पालिका निर्वाचनको अंकगणित
गत स्थानीय तह निर्वाचनमा दोलखाका ९ स्थानीय तहमध्ये नेपाली कांग्रेस र माओवादीले समान ३ वटा पालिका प्रमुख जितेका छन् । एमालेले २ तथा एकीकृत समाजवादीले १ स्थानीय तहको नेतृत्व जितेका छन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा दोलखामा नेकपा एमाले धेरै अगाडि छ । एमालेको मत ३९ हजार ५० रहेको भने कांग्रेसको ३३ हजार ४३९ मत छ । माओवादी केन्द्रको मत १७ हजार ३७५ हजार छ भने एकिकृत समाजवादीले ३ हजार १५१ मत पाएको छ ।
यसकारण हुनसक्छ, एमालेको पल्लाभारी
पलिका निर्वाचनको नतिजा अनुसार माओवादी केन्द्रको मत तेस्रो अर्थात १७ हजार ३७५ मात्रै छ । यो आम निर्वाचनमा उसले अघि सारेको संघको उम्मेदवारलाई जिताउन गठबन्धनमा रहेका अन्य दलको मत तान्न ठुलो कसरत गर्नुपर्ने हुन्छ । गठबन्धनको पक्षमा रहको भोट शतप्रतिशत झर्दा मात्र माओवादी केन्द्रको उम्मेदवारलाई जित सहज हुनसक्छ । स्थानीय निर्वाचनमा एमाले भित्र भएको ठुलो अन्तरघातको मत पनि गठबन्धनको पक्षमा झरेको एमाले नेताहरुको बुझाई छ । उनीहरु दाबी गर्छन्, यो निर्वाचनमा पार्टी एकढिक्का भएर निर्वाचनमा होमिएकाले अन्तर्घातको कुनै गुन्जायस छैन । बरु कांग्रेस र एकिकृत समाजवादीको अधिकांस भोट समेत तान्ने उसको रणनीति छ । गठबन्धनका कतिपय स्थानीय नेताहरुले सार्वजनिक रुपमै माओवादी उम्मेदवारलाई सहयोग गर्न नसकिने बताईरहेका छन् ।
केही पालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन तोड्दै छुट्टाछुट्टै उम्मेदवारी दिएको तुस मेटिनसकेको गठबन्धनकै नेताहरु स्वीकार गर्छन् । गठबन्धन सरकारप्रति जनतामा देखिएको असन्तुष्टि पनि एमालेले जित्ने अर्को आधार बन्नसक्ने नेताहरुको आँकलन छ ।
गत निर्वाचनमा प्राप्त गरेको मतको रक्षा गर्दै केही हजार मत थप्न सके एमाले उम्मेदवारले जित हात पार्न सक्छन् ।
दोलखामा पछिल्लो अद्यावधिक नामावली अनुसार मतदाता संख्या १ नम्बर क्षेत्र (क) तर्फ ८११३८ र २ नम्बर क्षेत्र (ख) तर्फ ८०३१७ गरी जम्मा १,६१४५५ रहेको छ ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...