दोलखालाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन एमालेको यस्तो छ, प्रतिबद्धता
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमालेले दोलखालाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ । चुनावी प्रतिवद्धता पत्र मार्फत एमालेले जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने योजना अघि सारेको हो । जसका लागि कालिञ्चोक क्षेत्रमा पर्यटकीय पूर्वाधार र पहुँच, सडक स्तरोन्नती, शैलुङ क्षेत्रको गुरुयोजनासहित पूर्वाधार विस्तार, विगु र लप्ची गुम्बाको महत्वको व्यवस्थित प्रचार, जिरी क्षेत्रमा पर्यटकीय पूर्वाधार विस्तार गर्ने घोषणा गरिएको छ । मुख्य गन्तव्यहरुलाई समेटेर कालिञ्चोक–शैलुङ, भीमेश्वर–जिरी, एकीकृत सर्किट र अन्य रमणीय स्थलहरुलाई ईको–टुरिज्म हटस्पटको रुपमा विकास गर्ने प्रतिवद्धता पत्रको परिकल्पना छ ।
पर्यटन प्रवद्र्धनका लागि जिरी ताल निर्माण गर्ने, तामाकोसीमा व्यवसायिक र्याफ्टिङ, जिरी क्षेत्रमा प्याराग्लाईडिङ लगायतका साहसिक पर्यटनको विकास गर्न विशेष पहल गर्ने जनाईएको छ ।
प्रतिवद्धता पत्रमा जिल्लाका अल्पसंख्यक जनजाति र दलित बस्तीहरुमा होमस्टे संचालन गर्दै व्यवसायिक कृषि क्षेत्रमा फार्म स्टेलाई प्रोत्साहन गर्ने जैविक विविधताको संरक्षण गर्ने उल्लेख छ ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...