दोलखाको दुर्गम गाउँमा सहकारीको सेवा प्रभावकारी बन्दै
3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको विकट मानिने उत्तरी क्षेत्रमा सहकारीले बैकिङ सेवा दिन लागेपछि स्थानीयलाई निक्कै सहज भएको छ । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले उत्तरी क्षेत्रमा सेवा केन्द्रमार्फत प्रविधिको प्रयोग गरी सेवा दिन लागेपछि निक्कै सहज भएको शेयर सदस्यले बताएका छन् ।
जिल्लाकै अति दुर्गम मानिएको विगु गाउँपालिका १ स्थित लामाबगरको जगतमा स्थापना भएको सेवा केन्द्र मार्फत विगत ३ वर्षदेखि वैकिङ कारोबार गर्न पाएपछि निक्कै सहज भएको शेयर सदस्य यादव आचार्यको भनाइ छ । सेवा केन्द्र नहुँदा निक्कै सास्ती थियो । पैसा राख्न होस् या झिक्न दिनै माया मारेर सिंगटी वा चरिकोट पुग्नु पथ्र्यो । अहिले आफू जहाँ पुगेपनि सजिलै सेवा पाएकोमा सेवा केन्द्रका शेयर सदस्य सबै खुसी छन्, उहाँले भन्नु भयो ।
छिटो, छरितो र आधुनिक बैंकिङ सेवा प्रभावकारी बन्दै गएको छ, सिंगटी सेवा केन्द्रकी शेयर सदस्य विना कार्कीको भनाइ छ ।
सहकारीले सेवा केन्द्र सञ्चालन नगर्दासम्म ऋण लिनको लागि साहुकोमा पटक पटक कोशेली लानु पर्ने वाध्यता थियो अहिले त्यो वाध्यता पूर्ण रुपमा हटेको लामाबगरकी जुना ठकुरी वताउँनुहुन्छ ।
जनसचेतन सहकारीले उत्तरी क्षेत्रलाई लक्षित गरेर ५ वटा सदस्य मैत्री सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ । गौरीशंङ्कर गाउँपालिकाको इविथान सुरी सेवा केन्द्र,विगु गाउँपालिकाको सिँगटी सेवा केन्द्र,साङ्वा सेवा केन्द्र,जगत सेवा केन्द्र र कालिञ्चोकको बाबरे सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको सहकारी संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार बैकिङ कारोबार,आइएमइ सेवा लगायतका प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ ।
उत्तरी क्षेत्रका ५ वटै सेवा केन्द्रमा प्रविधिमैत्री सेवा मध्ये सबैभन्दा बढी आइएमइ सेवा शेयर सदस्यले लिने गरेको जगत सेवा केन्द्रका प्रमुख निर्मला पाण्डेले बताउनुभयो ।
उत्तरी क्षेत्रका अधिकाशं मानिसहरु वैदेशिक रोजगारमा रहेका छन् । विदेमा रहेका वा गाउँमै हुनेहरुका लागि पनि आइएमइ सेवा बढी प्रभावकारी भएको शेयर सदस्यले बताएका छन् ।
बाबरे सेवा केन्द्रमा मात्र चालु आर्थिक वर्षको अहिलेसम्म ८ सय ४० जनाले आइएमइ सेवा लिएका छन् भने ३४ जनाले वैकिङ कारोबार गरेको सेवा केन्द्रका प्रमुख लक्ष्मी थापाको भनाइ छ । थापाका अनुसार सेवा केन्द्र अन्तरगत कालिञ्चोक गाउँपालिकाको वडा नं १ र २ का ११ सय ७० जना शेयर सदस्य रहेका छन् । सेवा केन्द्र अन्तरगत १० वटा महिला लघुउद्यमी समुह सञ्चालन भइरहेका छन् ।
लघुउद्यम समुह मार्फत उद्यमी बन्न चाहने महिलाहरुलाई विना धितो ऋण प्रवाह गर्दै आएको छ । यसैगरी गौरीशंकर गाउँपालिकाको वडा नं ८र ९ र विगु गाउँपालिकाको वडा नं १ र २ सेवा क्षेत्र रहेको जगत सेवा केन्द्र मार्फत ६५ देखि ७० जनाले मासिक आइएमइ सेवा लिने गरेका छन् । जगत सेवा केन्द्र अन्तरगत ७ सय ४५ शेयर सदस्य रहेका छन् ।
जनसचेतन सहकारीले १६ वटै सेवा केन्द्र मार्फत प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ । दोलखाको दुर्गम मानिएका गाउँवस्तीमा यो सेवा लोकप्रिय भएको शेयर सदस्यको अनुभूति छ ।
खल्तीमा पैसा पनि बोक्ने कार्ड पनि बोक्ने प्रचलनलाई सहकारीको प्रविधिले अन्त्य गरेको छ । अहिले एटिएममा गएर पैसा निकाल्ने अनि पसलमा गएर त्यहि पैसाले रिचार्ड कार्ड किन्ने अबस्था छ तर मोवाइल पेमेन्ट सिस्टमले डिजिटल फाइनान्सको सरल एवं सहज व्यवस्था भएपछि निक्कै सहज भएकोमा शेयर सदस्य खुसी रहेको पाइएको छ । मोवाइलमा रकम जम्मा गरेर त्यही रकमबाट विभिन्न सामान खरीद गर्ने तथा स्कूल कलेजको शुल्क तिर्ने, अन्य विभिन्न बिल तिर्ने लगायतका काम गर्दै आएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरु प्रविधिमा प्रतिस्पर्धात्मक तवरले अगाडी बढिरहेको बेला सहकारी संस्थाहरुले पनि प्रविधिमैत्री सेवा सञ्चालन गरि रहेको सहकारी संस्थाका सुचना प्रविधि अधिकृत रमेश लामिछाने जानकारी दिनुभयो । उहाँँका अनुसार व्राउजरमा आधारित सफ्टवेयर प्रयोग गरिएको छ भने सहकारीका १६ वटानै सेवा केन्द्रमा प्रविधिमैत्री सेवा सञ्चालन गरिएको छ । सहकारीका सेवा केन्द्रहरुबाट विदेशबाट आएको पैसा समेत निकाल्न र पठाउने सक्ने व्यवस्था गरिएको छ भने सहकारीको आफनै सहकारी एप समेत रहेको छ । सहकारीले कोर बैंकिङ्गको २०६८÷०६९ र अन्य प्रविधिको प्रयोग २०७० सालबाट सुरु गरेको सहकारी संस्थाले जनाएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...