मतगणना प्रक्रिया तत्काल अघि नबढाउन निर्वाचन आयोगको निर्देशन, उजुरी उपर छानविन गर्न आयोगको टोली दोलखामा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
एमाले उम्मेदवारले दिएको उजुरी उपर छानविन गर्न निर्वाचन आयोगको टोली दोलखा आएको छ । सहसचिव यज्ञ प्रसाद भट्टराईको नेतृत्वमा गुरु वाग्ले र मोहनराज जोशी गरी तीन सदस्यीय टोली सत्यतथ्य जाँचबुझ गर्न दोलखा आएको हो ।
उक्त टोलीले आज विहानबाट जिल्ला स्थित सरोकारवालाहरुसँग छलफल गरिरहेको छ ।
दोलखाको बिभिन्न मतदान केन्द्रमा बुथ कब्जा भएको भनि परेको उजुरीबारे निर्णय नभई मतगणना प्रक्रिया अघि नबढाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाललाई पत्राचार गर्दै आयोगले आवश्यक निर्णयपछि मतगणना प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
बुथ कब्जा भएको भनिएको स्थानको सत्यतथ्य बिवरण पठाउनु, आवश्यक निर्णयपछि मात्रै मतगणना प्रक्रिया अघि बढाउन आयोगले गरेको पत्राचारमा उल्लेख छ । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा जिल्लाको बिभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरेको र उक्त स्थानमा पुन मतदान हुनुपर्ने माग गर्दै नेकपा एमालेका उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । उक्त उजुरी उपर आयोगले अझै निर्णय गरिसकेको छैन ।
बुथ कब्जा गरिएका स्थानमा पुनः मतदान नगरे मतगणना प्रक्रियामा भाग नलिने एमालेको अडान छ भने मतगणना सुरु गर्न ढिलाई भएको प्रति सत्तारुढ गठबन्धनले बिरोध जनाईरहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको राय र आयोगले खटाएको टोलीले बुझाउने रिपोर्टको आधारमा आयोगले पुनः मतदान गराउने वा मतगणना सुरु गर्ने भन्ने बारे आवश्यक निर्णय लिने बताईएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि मतगणना स्थगित रहने जनाएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...