कब्जा भएको बुथमा पुन निर्वाचन गराउन नेकपा एमाले दोलखाको माग
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाले कब्जा भएको बुथमा पुन निर्वाचन गराई दोलखाली जनतालाई मताधिकारबाट वञ्चित नगर्न माग गरेको छ ।
नेकपा एमाले विहिबार एक विज्ञप्ती जारी गदै बुथ कब्जा गैरराजनितिक क्रियाकलाप विरुद्ध अभियान जारी राख्ने भन्दै १३ बुदे रणनितिक योजना सार्वजनिक गरेको हो ।
बुथ कब्जा गराउन सहयोग गर्ने, कानुनी प्रक्रिया मिलाइदिने र निर्वाचनको क्रममा सबै ठिक छ भनेर झुठा विवरण दिई बुथ कब्जा गर्न संघाउने अधिकृतलाई जनमत खोस्ने मतियार घोषित गदै तथ्य प्रमाण सहित उनीहरु विरुद्ध मुद्धा दायर गर्ने विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै संवेदनशील बुथमा मतदान अधिकृतहरु सेटिङ र भनसुनमा खटाइएको भन्ने कुराको खोजी गर्ने नेकपा एमाले दोलखाले जनाएको छ ।
नेकपा एमालेका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरद्धारा हस्ताक्षरित विज्ञप्तीमा मतदान स्थलमा प्रलोभन र सेटिङमा संलग्न भै कर्तव्य निर्वाह नगरी बुथ कब्जालाई सघाउने सुरक्षाकर्मीहरुको सबुत प्रमाणको आधारमा निर्वाचनद्रोही घोषणा गरी जनतामाझ सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।
मंसिर ४ गते कब्जा गरिएको बुथको विषयमा निर्वाचन आयोगको निर्णयलाई कुर्ने नेकपा एमाले दोलखाले जनाएको छ ।
चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला...
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
समदृष्टि अनलाइन संवाददाता१३ असोज, काठमाडौं । पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । मृत्यु...
केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह
समदृष्टि अनलाइन संवाददाताआउँदो चार दिन वर्षाको मध्यम प्रभावको उच्च सम्भावना रहेको छ । “प्रभावमा आधारित मौसम पूर्वानुमान बुलेटिन–२२)भिमेश्वर नगरपालिकाका अनुसार...
दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा...
गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
समदृष्टि अनलाइन संवाददातागौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ...
पुस्तकालयको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम
समदृष्टि अनलाइन संवाददातासमूदायमा आधारित आधारभूत खोज तथा उद्धार प्राथमिक उपचार सम्बन्धी तालिम दोलखाको सदरमुकम चरिकोटमा सुरु भएको छ । गौरीशंकर पुस्तकालय...