बुथकब्जा भएको स्थानमा पुन निर्वाचन गर्ने आयोगको निर्णयको नेकपा एमाले दोलखाद्धारा स्वागत
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
बुथकब्जा भएको स्थानमा पुन निर्वाचन गर्ने आयोगको निर्णयको नेकपा एमाले दोलखाले स्वागत गरेको छ ।
नेकपा एमाले दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले निर्वाचन आयोगको निर्णयबारे नेकपा एमाले दोलखाको १२ बुदे धारणा सार्वजनिक गदै स्वागत गर्नुभएको हो ।
बुथकब्जा भएको स्थानहरूमध्ये ४ स्थानमा मात्र पुन निर्वाचन गर्ने आयोगको निर्णय आशिंक सुधारको कदम भएको भन्दै स्वागतगरेको छ ।
आयोगको निर्णयले दोलखामा तीन दशकदेखि बुथ कब्जा गरेर जित्ने दल र नेताहरू नैतिक रूपमा परास्त भएको भन्दै प्रजातन्त्र प्राप्तपछि २०५१ सालको निर्वाचनदेखि मतदान गर्न नपाएका जनताहरूमा न्यायको अनुभूति भएको कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो ।
गैरराजनीतिक कृयाकलाप र गुण्डाको प्रयोग गरेर मारपिटबाट चुनाव जित्ने कुसंस्कारको अन्त्य भएको भन्दै बुथकब्जा प्रमाणित भएको भुसाफेदा, कालिञ्चोक, जुके, गैरीमुदी पिपलबोट, कालापानी, झुले, मालु, जुँगुमा आयोगले थप पहलकदमी लिन आग्रह गरेको छ ।
नेकपा एमाले दोलखाले मतदान सम्पन्न भए लगतै मंसिर ४ गते साँझ दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर १, २, ३ र ६, तामाकोशी गाँउपालिका वडा नम्बर ३, मेलुङ गाँउपालिका वडा नम्बर ४, गौरीशङ्कर गाँउपालिका वडा नम्बर २, कालिञ्चोक गाँउपालिका वडा नम्बर १ र शैलुङ गाँउपालिका वडा नम्बर २ मा गठबन्धन दलले बुथ कब्जा गरी फर्जी मत खसालेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा उजुरी गरेको थियो ।
दोलखा जिलु गाउको डोकोको कथा
5 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...