मंसिर १५ गते दोलखाका १० मतदान केन्द्रमा पुनः निर्वाचन हुने
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददातामंसिर १५ गते दोलखाका १० मतदान केन्द्रमा पुनः निर्वाचन हुने भएको छ ।
आज बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितीको बैठकले मंसिर १५ गते मतदान गर्ने निर्णय गरेको हो । बैठकले निर्वाचन आयोगले रद्ध गरेको १० मतदान केन्द्रमा पुनः मंसिर १५ गते निर्वाचन गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताउनुभयो ।
मंसिर ४ गते आइतबार भएको निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिका-६का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ वटा मतदान केन्द्रको निर्वाचन रद्द गर्दै निर्वाचन आयोगको आइतबारको बैठकले पुन: मतदान गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले दोलखाले मतदान सम्पन्न भए लगतै मंसिर ४ गते साँझ दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर १, २, ३ र ६, तामाकोशी गाँउपालिका वडा नम्बर ३, मेलुङ गाँउपालिका वडा नम्बर ४, गौरीशङ्कर गाँउपालिका वडा नम्बर २, कालिञ्चोक गाँउपालिका वडा नम्बर १ र शैलुङ गाँउपालिका वडा नम्बर २ मा गठबन्धन दलले बुथ कब्जा गरी फर्जी मत खसालेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा उजुरी गरेको थियो ।
उजुरी पछि आयोगको एउटा टोलीले दोलखामा स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...