मंसिर १५ गते पुन मतदान हुने भएपछि जिल्ला निर्वाचन कार्यलय दोलखाद्धारा तयारी तिव्र
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखामा मंसिर १५ गते पुन मतदान हुने भएपछि जिल्ला निर्वाचन कार्यलय दोलखाले तयारी तिव्र बनाएको छ ।
जिल्लाको तामाकोशी र वैत्यश्वर गाउपालिकाको १० वटा मतदान केन्द्रमा पुन निर्वाचन हुने भएपछि मतदान अधिकृत र सहायक मतदान अधिकृत छनौटको काम सुरु भएको छ ।
कर्मचारी छनौटको काम मंगलबार सकेर फिल्डमा पठाउने तयारी भइरहेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।
दोलखामा मतपत्र, मतपेटिका लगायत निर्वाचनको लागी आवश्यक सामग्री जिल्ला आइसकेको छ ।
एउटा मतदान केन्द्रमा ८ जना कर्मचारी परिचालन गर्ने गरी ८० जना कर्मचारी छनौटको काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।
त्यस्तै १५ गतेको निर्वाचनको लागी सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले बताउनुभयो ।
जिल्लाका मुख्य मुख्य नाकामा चेकजाचलाई कडाई गर्न थालिएको छ भने मतदान केन्द्र रहेको स्थानमा समेत चेकजाच मजबुत बनाइएको अधिकारी खतिवडाले बताउनुभयो ।
प्रहरी निरीक्षकको कमाण्डमा एउटा मतदान केन्द्रमा ४० देखी ५० जना प्रहरी खटाउने तयारी जिल्ला सुरक्षा समितीले गरेको छ ।
नेकपा एमालेले विभिन्न स्थानमा बुथ कब्जा भएको भन्दै उजुरी गरेपछि निर्वाचन आयोगको एउटा टोलीले जिल्लामा स्थलगत अध्ययन गरेको थियो ।
सो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्ध गरेर पुन मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यलयलाई आइतबार निर्देशन दिएको थियो ।
दोलखाको तामाकोशी गाउपालिकाको वडा नम्बर ३, वैत्यश्वर गाउपालिकाको वडा नम्बर २, ३ र ६ को १० वटा मतदान केन्द्रमा पुन मतदान हुन लागेको हो ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...