दोलखाका अधिकारकर्मीको चिन्ता —समाज विकृत बन्दै गयो ।
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका दोलखाकी उपमेयर कमला बस्नेतले लैङ्गिक हिंसा न्युनीकरणका लागि कानुन सही ढंगले कार्यान्वय गर्नु आजको आवश्यकता रहेको बताउनु भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति दोलखाको आयोजनामा आयोजित “लैङ्गिक हिंसा न्युनीकरणको लागि शिक्षाको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले पीडितको पक्षमा बोल्न सक्ने व्यक्तिको अभाव भएकै कारण पीडितले न्याय पाउन कठिन भएको भन्दै यसको लागि क्षमता विकासका साथै शिक्षाको विकासमा योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै उपमेयर बस्नेतले सामाजिक विकासका काममा राज्यले लगानी गर्न कन्जुस्याँईँ गरेको कारण समाजका विकृतिजन्य काममा जागरण ल्याउन समस्या भएको अनुभव सुनाउँनु भयो । उहाँले भन्नुभयो “विद्यालय तह देखि नै बालबालिकालाई सुसंस्कृत र संस्कारी शिक्षा दिनु पर्छ । समाजमा दिनप्रतिदिन फरक स्वरुपमा विकृति बढिरहेका छन् । यसका लागि प्रत्येक नागरिक हरेक पल सचेत हुन आवश्यक छ ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायण सेढाईले समाजमा रहेको अपराध गर्ने प्रवृत्ति अन्त्य गर्न सबै लाग्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस वागमती प्रदेश सदस्य अनिता श्रेष्ठले वास्तविक पीडितले न्याय पाउन कठिन भएको धारणा राख्नुभयो । उहाँले हिंसा अन्त्यका लागि सबै अभियानकर्मी एक भएर न्याय दिलाउन सहयोग गर्नुपर्ने धारणा राख्नु भयो ।
जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी नायब निरीक्षक पुष्पा विष्टका अनुसार पछिल्लो समय दोलखामा पुरुष हिंसाका उजुरी बढी आउने गरेका छन् । उहाँका अनुसार बालविवाह र बहुविवाहका मुददा भन्दा बढी जवरजस्तीकरणी आउने गरेका छन् । यसमा पनि फरक क्षमता भएका महिला तथा बालिका बढी पीडित हुने गरेको तथ्याङ छ । यस्तै विवाहित महिलाले छोराछोरी छाडेर भागेको समेत उजुरी आउने गरेको प्रहरीको तथ्याङ छ ।
लामो समयदेखि मानव अधिकारको क्षेत्रमा काम गर्दै आउनु भएकी आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले हिंसा न्युनीकरणका लागि राज्यले लगानी बढाउनु पर्ने धारणा राख्नुभयो । हिंसाका स्वरुपमा परिवर्तन भएर समाज विकृत अवस्थामा जान लागेकोमा चिन्ता व्यक्त गर्नु भयो । सबै सरोकारवाला पक्ष एक भएमात्र समाजमा बढ्दो हिंसा नियन्त्रण गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा मेलमिलाप कर्ता गीता शिवाकोटी अनुसार वास्तविक पीडित न्यायलय आउनै सक्दैनन् । पीडकहरु सबैभन्दा अगाडि न्यायलय आइपुग्छन् । सबैभन्दा ठूलो चुनौति पारिवारिक पुनरमिलन रहेको छ ।
अधिकारकर्मी समेत रहनु भएकी शिवाकोटी भन्नुहुन्छ “समाजका बालबालिकालाई अधिकारसंगै कर्तव्य नसिकाउने हो भने समाज नियन्त्रण बाहिर जान लागिसकेको छ । अवको पाठ्यक्रममा बालबालिकालाई व्यवहारिक सभ्यता सिकाउने विषयवस्तु समेट्न जरुरी छ । यसका लागि सरकारले समयमा नै ध्यान नदिने हो भनेसमाजलाई विकृतिबाट जोगाउन सकिँदैन ।”
समाजमा व्याप्त रहेको आर्थिक समस्यामा सबैभन्दा बढी महिला प्रयोग हुने गरेको कारण हिंसा न्युनीकरण हुन नसकेको अधिकारकर्मी एवं सहकारी अभियान कर्ता सर्मिला सापकोटाको भनाइ छ । समाजका सबैभन्दा बढी शिक्षित वर्गमा सबैभन्दा बढी विचलन छ तर बाहिर आउँदैन । यो अहिलेको जल्दोबल्दो समस्या हो उहाँले भन्नुभयो ।
सामाजिक सञ्जालको दुरुपयोग र सामाजिक मर्यादा विपरित समाज जान लागेको कारण समाजमा हिंसा बढ्ने गरेको महिला अधिकार मञ्च दोलखाकी अध्यक्ष मेनुका सुवेदीको भनाइ छ ।
कार्यक्रममा माइति मञ्च दोलखाकी अध्यक्ष पार्वती खड्का,अधिकारकर्मी शर्मिला थापा,कल्पना श्रेष्ठ, जिल्ला आयुरर्वेद कार्यालय दोलखाकी अर्चना कुमारी झा,महिला तथा बालबालिका सेल जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान सिता चौलागाईं, अधिकारकर्मी दुर्गा केसी विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि साथै सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...