पोल्ट्री दिवसको अवसरमा दोलखामा २ सय ४० क्रेट अण्डा वितरण
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दशौ राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रममा दोलखामा २ सय ४० क्रेट अण्डा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाले विभिन्न क्षेत्रमा ७ हजार २ सय अण्डा वितरण गरेको हो ।
वागमती प्रदेशभर आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत गर्भवती महिला,कुपोषण र पुड्कोपना भएका बालबालिका,हिंसा प्रभावित एवं जोखिममा परेका महिला तथा बालबालिका,बालगृहमा रहेका बालबालिका साथै मजदुरहरुलाई ८६ हजार बराबरको अण्डा वितरण गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका सुचना अधिकारी डा धु्रव डिसीले बताउनु भयो ।
कार्यालयले हनुमन्तेश्वर माध्यमिक विद्यालय बैत्यश्वरमा अण्डा तथा मासुको उपभोग महत्वबारे स्कुल शिक्षा कार्यक्रमसहित अण्डा खुवाउने कार्यक्रम गरेको थियो भने गौरीशंकर गाउँपालिकामा रहेको अप्पर सुरी मकर जितुमाया हाइड्रोपावरका श्रमिकहरुलाई अण्डा वितरण कार्यक्रम गरेको जनाएको छ ।
कार्यालयले आज एक कार्यक्रमको आयोजना गरि साप्ताहिक रुपमा गरेको अभियानका बारेमा जानकारी गराएको हो ।
वि.स. २०७० साल देखि हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रुपमा मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । साप्ताहिक अभियान भने वागमती प्रदेशमा मात्र गरिएको हो ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...