निता राउत फाउण्डेशन दोलखाद्धारा बाजुराका ५० बालबालिकालाई न्यानो कपडा वितरण
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
निता राउत फाउण्डेशनले बाजुराको एक बिधालय को विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । फाउण्डेशनले बाजुराको गौमुल गाउँपालिका १ मा रहेको श्री प्रभात आधारभुत विद्यालयका ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
निता राउत फाउण्डेशनले बाजुराको विकट गौमुल गाउपालिकाको वडा नं १ मा रहेको श्री प्रभात आधारभुत विद्यालयको ५० जना विद्यार्थीहरुको लागि न्यानो पोशाक ९ज्याकेट , टोपि र मोजा० वितरण गरिएको छ ।
न्यानो कपडा बितरण गर्दै गौमुल गाउँपालिका अध्यक्ष रोकायाले सहयोगका लागी निता राउत फाउण्डेशन र निता राउतलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
२०७४ मा ‘निता राउत फाउण्डेशन’ नामक संस्था विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय दोलखामा संस्था दर्ता गरि त्यही संस्था मार्फत देशभरि विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ्।
सहयोगको लागि आवश्यक पर्ने रकमको लागि निता ले आफ्नो जागिरबाट आउने तलबको २० प्रतिशत छ्ट्याउने गरेकी छिन्। ‘मसँग ठुलो फन्ड छैन मेरो आफ्नो तलबबाट २० प्रतिशत फाउन्डेशनको लागि छुट्याउने गरेको छु र कुनै ठुलो सहयोग जुट्याउनु प¥यो भने विभिन्न संघसंस्थासँग सहकार्य गरेर सहयोग गर्ने गरेको छु । यही संकलनबाट नै मैले आफ्नो कामहरू अगाडि बढाइरहेको छु’ उनले भनिन्।
निता राउत फाउन्डेशनले विशेष गरि दुर्गम जिल्लामा रहेको आर्थिक अवस्था कमजोर सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि स्कुल व्याग, पोशाक र स्टेशनरी सामानहरू वितरण गर्दै आइरहेको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...