भर्खरै प्रकाशित: गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि

जनसचेतन सहकारीका नवराज दहाललाई उत्कृष्ट व्यवस्थापक सम्मान

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

जनसचेतन बचत तथा ऋण सहकारी संस्था दोलखाका नवराज दहाल उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित हुनु भएको छ । जिल्ला सहकारी संघ दोलखाको १७ औं साधारण सभाको अवसरमा सहकारीका प्रमुख कार्यकारी अधिकृतलाई उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मान गरेको हो ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद गंगा कार्कीले नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईँको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीको क्षेत्रमा विभिन्न विधामा उत्कृष्ट काम गर्ने सहकारी अभियन्ताहरुको सम्मान गरिएको छ । सहकारीले जिल्लामा उत्कृष्ट व्यवस्थापकको कुशल भूमिका निर्वाह गर्न सफल भएको भन्दै जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका दहाललाई सम्मान गरेको जनाएको छ ।

सम्मानसंगै सहकारी अभियानमा नयाँ उर्जाका साथ लाग्न थप हौसला मिलेको र जिम्मेवारी बोध भएको सम्मानित दहालको भनाइ छ ।
दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको जनसचेतन सहकारी संस्थाले दोलखासँगै काभ्रेपलान्चोक, भक्तपुर, काठमाडौँ जिल्ला भर र ललितपुर महानगरपालिका थप गरि ५ जिल्लामा सेवा क्षेत्र बिस्तार गरेको छ । सहकारीमा गत आर्थिक वर्षको असार मसान्त सम्म ३६ हजार २सय ५४ जना रहेका छन् भने सहकारीमा हाल कुल पुँजी २ अरब १८ करोड ६९ लाख ४ हजार १ सय ६१ रुपैयाँ रहेको छ । जिल्लाको मात्र उत्कृष्ट सहकारी मात्र नभए एसिया महादेशकै सफल सहकारीको रुपमा परिचित छ ।

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...

ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददाता

दोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...

सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...

९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

.