भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

जेष्ठ नागरिकको सपना पूरा गराउन सफल वडाध्यक्ष

3 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखाका जेष्ठ नागरिकले शीतल निवासमै पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका छन् । राष्ट्र प्रमुखलाई भेट गर्न पाएपछि भीमेश्वर नगरपालिका ५ निवासी ९३ वर्षीया विष्णुमाया खड्काले खुसीको सीमा नरहेको बताउनु भयो । जेष्ठ नागरिक खड्काले खुसी व्यक्त गर्दै भन्नुभयो,“यसरी राष्ट्रपतिसंग भेट गरौँला भन्ने लागेको थिएन् । राष्ट्र प्रमुखलाई भेट्ने अवसर जो कोहीलाई मिल्ला त ? अहँ मिल्दैन नि ! आपनो वडाको वडाध्यक्षले यो अवसर जुराइदिनुभयो । वडाध्यक्ष जेष्ठ नागरिकको असल छोरा बनेर आमाबुबाको सपना पुरा गरिदिनुभयो । हाम्रो आर्शीरवाद मिलोस् ।यस्तै कार्यक्रममा सहभागी जेष्ठजन मानकुमारी कार्कीलाई भाग्यले जुराएको भन्ने लागेको छ । तीर्थस्तल भ्रमणसंगै राष्ट्रको ठूलो मान्छेलाई उहाँकै निवासमा पुगेर भेट्ने मौका पाउँनु सानो कुरा होइन् । जीवनका सबै रहर पुरा भएको छ, कार्कीले खुसी व्यक्त गर्नुभयो ।
अर्की ८० माथिकी जेष्ठ नागरिक अमरमाया घिमिरेलाई भ्रमण र महत्वपूर्ण मानिससंगको भेटले अझै बाँच्ने रहर जागेको छ । उत्साह र साहस थपिएको छ ।

भ्रमणका अवसरमा राष्ट्र प्रमुख विद्यादेवी भण्डारीलाई शीतल निवास पुगेर जेष्ठ नागरिकले भेट गरेका हुन् । दोलखाका जेष्ठ नागरिकले राष्ट्रपटि भण्डारीलाई भीमेश्वर नगरपालिका ५ मा रहेको प्रशिद्ध धार्मिक स्थल महाङ्काल भगवतीको प्रसाद प्रदान गरेका थिए ।
राष्ट्रपति भवनको प्रवास कक्षमा जेष्ठ नागरिगसँग भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । भेटको क्रममा राष्ट्रपति भण्डारीले गाउँबस्तिका बुबा आमाहरुलाई भेट्ने इच्छा हुँदा हुँदै पनि पदीय दायित्वका कारण सहज नभएको बताउनु भयो । शीतल निवासमा ८० वर्ष पार परि सक्नु भएका आमा बुवालाई भेट्न र शितल निवासमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले भन्नुभयो,“जेष्ठ नागरीक देशका गहाना हुन्, देशका गहनाको सम्मानको लागि सरकार गम्भीर छ ।”
साथै राष्ट्रपति भण्डारीमार्फत राष्ट्रपतिको कार्यालय मार्फत महाङ्काल मन्दिरलाई भेटीसमेत पठाउनु भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर ५ का जेष्ठ नागरिकले राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । वडा अध्यक्ष बासु श्रेष्ठले आफुले पाउने पारिश्रमिक रकम मार्फत वडाका ८० वर्ष माथिका जेष्ठ नागरिकको सम्मानको लागि तीने दिने भम्रणको आयोजना गर्नु भएको हो ।


जेष्ठ नागरिकलाई राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीसंगको भेटका साथै काठमाण्डौको प्रसिद्ध तीर्थ स्थलको भ्रमण गराइएको थियो
वडा अध्यक्ष वासु श्रेष्ठले ८० वर्ष माथिका जेष्ठ नागरिकलाई काठमाडौंमा भ्रमणसँगै महत्वपूर्ण व्यक्त र कार्यक्रममा भेट गराउन पाउँदा यात्रा सफल भएको बताउनु भयो ।
जेष्ठ नागरिकहरु इन्दे्रणी कार्यक्रममा सहभागी भएर रमाइलो गरेका थिए । यो संगै पशुपतिनाथको समेत जेष्ठ नागरिकलाई दर्शन गराइएको थियो ।
भीमेश्वर नगरपालिका ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफूले पाएको तलब भत्ताबाट जेष्ठ नागरिकलाई भ्रमण गराउनु भएको हो ।


मासिक रुपमा प्राप्त हुने तलव भत्ताको कोष जम्मा गरेर वडाका ८० वर्षमाथिका जेष्ठ नागरिकलाई भ्रमण गराउनु भएको थियो । उहाँले विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री सहयोग,पोसाक वितरण लगायतका कार्य निजी लगानीमा गर्दै आउनु भएको छ । वडाध्यक्ष श्रेष्ठले निर्वाचन अगाडि सरकारी सुविधा सामाजिक क्षेत्रमा लगानी गर्ने घोषणा समेत गर्नुभएको थियो ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.