भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

च्छोरोल्पा अस्पतालले टोल सुधार समितिलाई सेवामा ३० प्रतिशत छुट दिने

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

माघ १

दोलखाको सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालले सेवामा ३० प्रतिशत छुट दिने कार्यको शुरुवात गरेको छ । भीमेश्वर नगरपालिका वडा नं ६ फुलवारी टोलका सदस्यलाई सेवामा ३० प्रतिशत छुट दिने भएको हो ।
सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा जनरल अस्पतालका मेडिकल डाईरेक्टर विनोद दंंगाल र फुलबारी टोल सुधार समिती भीमेश्वर नगरपालिका ६ का अध्यक्ष गणेश शिवाकोटी विच आज सहमती पत्रमा हस्ताक्षर भएको हो । टोल सुधार समितिमा आवद्ध सदस्यका लागिे छुट सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।
सदरमुकाम चरिकोटमा विशेषज्ञ सेवा सहित सुरुभएको अस्पतालले समुदायका कुनै पनि नागरिकहरु स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस भन्दै आज सम्झौता भएको हो । अस्पतालले शुरु गरेको छुटले आर्थिक अवस्था कमजोर भएकाहरुलाई थप उपचारको लागि सहयोग पुग्ने अस्पतालले विश्वास लिएको छ ।


भीमेश्वर नगरपालिका ६ फूलबारी टोलबाट शुरु गरिएको अभियान अन्य टोलमा पनि विस्तार गर्दै जाने अस्पतालको योजना रहेको छ । अस्पतालमा स्वास्थ्य उपचार गर्नुपर्ने समूदायका विरामीहरुले औषधी बाहेक सम्पुर्ण सेवा निशुल्क रुपमा पाउने अस्पतालका प्रशासन प्रमुख सर्मिला बुढाथोकीले बताउनु भयो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै अस्पतालका मेडिकल डाईरेक्टर विनोद दंगालले पैसा अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले समूदायको सहजताका लागि स्वास्थ्य सेवा प्रदान गर्न सम्झौता भएको बताउनुभयो ।


अस्पतालमा शल्यक्रिया सहित अत्याधुनिक मेसिनबाट इन्डोस्कोपी, भिडियो एक्सरे,इसीजि एक्सन्ट्र प्रयोगशाला लगायतका सेवा अस्पतालले दिदै आएको छ । डाक्टर दंगालले जिल्लाका कुनै पनि विरामी आर्थिक अवस्था कमजोर भएर अस्पताल सम्म आउन नसक्ने भए अस्पतालमा खबर गर्न आग्रह गर्दै घरमै पुगेर सेवा दिने समेत प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

 

 

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.