भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

सुस्वास्थ्य अस्पतालको ३ सय ७४ जनालाई निशुल्क स्वास्थ्य सेवा

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखाको कालिञ्चोक गाउँपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुस्वास्थ अस्पताल काठमाण्डौको आयोजना र कालिञ्चोक गाउँपालिकाको सहकार्यमा गरिएको शिविरमा ३ सय ७४ जनाले सेवा लिएका हुन् । सेवा लिनेमा २ सय ३२ महिला र १ सय ४२ पुरुष रहेको सुस्वास्थ अस्पतालका सञ्चालक सुदर्शन बस्नेतले जानकारी दिनुभयो ।
शिविरमा कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, नसा च्यापिएको, हड्डी खिएको, वाथ रोग, माइग्रेन र पिनासको फिजियोथेरापी, अकुपंचर र प्राकृतिक उपचार पद्धतिद्धारा स्वास्थ्य जाँच तथा उपचार गरिएको हो ।


सुस्वास्थ्य अस्पतालका ८ जना विशेषज्ञसहित टोलीले कालिञ्चोक गाउँपालिका वडा नं ४,६,७,८ र ९ साथै भीमेश्वर नगरपालिका १ का नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरमा नेपाल रेडक्रश सोसाइटी उपशाखा सुन्द्रावती,दीपज्योति समाज सुधार संघ संस्था र कालिका युवा क्लव सुन्द्रावतीले सहआयोजनकको भूमिका निर्वाह गरेका थिए । प्रत्येक वर्ष सुस्वास्थ्य अस्पतालले शिविर कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.