विमान दुर्घटनामा दिवङ्गतको सम्झनामा दोलखामा दीप प्रज्ज्वलन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा, २ माघ
पोखरामा भएको विमान दुर्घटनामा दिवङ्गत हुनुभएका नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य त्रिभुवन पौडेलको सम्झनामा नेपाल पत्रकार महासंघ दोलखा शाखाले दीप प्रज्वलन गरेको छ । स्वर्गीय पौडेललगायत विमान दुर्घटनामा परेर दिवङ्गत भएका ७२ जना यात्रुको स्मरणमा हिजो साँझ दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा ७२ वटै दीप प्रज्वलन गरिएको हो ।
विमान दुर्घटनामा जीवन गुमाएका दिवङ्गत सम्पूर्णको आत्माशान्तिको कामनार्थ दीप प्रज्ज्वलन कार्यक्रम गरिएको पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशंकर चौलागाँईले बताउनुभयो ।
स्वर्गीय पौडेल लगायत दिवंगत सबैको सम्झनामा १३ दिनको पुण्य तिथिको सन्दर्भमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गर्ने समेत अध्यक्ष चौलागाईको भनाइ छ ।
उमेरले ३७ वर्ष पुगेका पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष, महासंघ कास्कीका पूर्वउपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत हुनु भएको थियो ।
पौडेलले तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा समेत काम गर्नु भएको थियो ।
पोखराबाट प्रकाशित हुने हटलाइन राष्ट्रिय दैनिकको सञ्चालकसमेत रहेका पौडेलले रेडियो अन्नपूर्ण, नेपाल टेलिभिजन, हिमाल खबर पत्रिकालगायतका सञ्चारमाध्यममा काम गर्नु भएको थियो ।
आईतबार विहान काठमाण्डौंबाट पोखराका लागि उडेको यति एअरलाईन्सको कलसाईन नाईन एन एएन सी फ्लाईट नम्बर ६९१ एटिआर ७२ जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा पत्रकार पौडेलसहित ६८ जना यात्रु र चारजना चालक दलका सदस्यको मृत्यु भएको थियो ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...