भर्खरै प्रकाशित: जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु केही दिन वर्षाको सम्भावनाःधानबाली नकाट्न किसानलाई आग्रह सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ………. भीमेश्वरमा चाडपर्व लक्षित बजार अनुगमन शुरु दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा

कटुवा चौरमा आगलागी, करिब ५ करोड बराबरको क्षति

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

१९ माघ

दोलखाको कालिञ्चोक गाउँपालिकाको कटुवाचौरमा गएराति आगलागी हुँदा ९ घर पुर्णरुपमा जलेर नष्ट भएका छन् । गएराति १०ः ५५ बजेतिर आगलागी हुँदा कालिञ्चोक गाउँपालिका वडा नम्वर ९ कटुवारचौरका ९ घर पुर्णरुपमा जलेर नष्ट भएको वडा अध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिनुभयो ।
वडाध्यक्ष मैनालीका अनुसार आगोलागीबाट चित्र प्रसाद सेढाईं, नवराज सेढाई, दुर्गा ओली,गोपीलाल थामी, शङ्करकुमार ओली,रुद्र बहादुर ओली,अमृता ओली,राम थामी र राजु सेढाईको पक्की घर पुर्णरुपमा जलेर नष्ट भएको हो । आगलागीबाट घर भित्र रहेको सबै सामनहरु जलेर नष्ट भएको छन भने चौपाया समेत जलेर नष्ट हुँदा साँढे ४ करोड भन्दा वढीको क्षति भएको प्रहरी जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । भीमेश्वर नगरपालिकाको दमकल सहित खटिएको प्रहरी र सशस्त्र प्रहरी स्थानीय टोलीले आगो नियन्त्रणमा लिईएको थियो ।

भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददाता

  दोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...

असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...

चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

  दोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...

स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददाता

साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...

दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाता

भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...

सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाता

ऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...

.