कटुवाचौरका आगलागी पीडितलाई आर्थिक सहयोग जुटाउन सर्वपक्षीय अपिल
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
१९ माघ
दोलखाका प्रतिनिधि सभाका सांसद ईश्वरी बहादुर रिजालले कालिञ्चोक गाउँपालिका वडा नम्वर ९ कटुवाचौर बजारमा भएको आगलागीबाट पीडितहरुलाई तत्काल राहत र उद्दारको व्यवस्था गर्न माग गर्नु भएको छ । सांसद रिजालले आज तत्काल व्यवस्थापनको माग गर्नु भएको हो ।
सांसद रिजालले विज्ञप्ति जारी गर्दै घटनामा ९ घर जलेर नष्ट भएको तथा घरमा र डेरामा व्यापार गर्ने १५ परिवारको पसल एवं पशुधनसमेत जलेको उल्लेख गरिएको छ । विज्ञप्तिमा तत्काल राहत तथा उद्धारका लागि नेपाल संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहलगायत सरोकारवाला सबै संघ सस्थाको ध्यानाकर्षण गराइएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) दोलखाले पनि राहत तथा उद्धारका लागि अपिल गरेको छ ।
यता कटुवाचौरका आगोलागि पिडित परिवारलाई राहत वितरण गरिएको छ । सुन्द्रावतीका ९ घरका १६ पिडीत परिवारलाई जिल्ला विपद व्यवस्थापन समिति दोलखाले तत्कालका लागि राहत स्वरुप १० हजार रुपैयाँ रकम प्रदान गरेको हो । समितिले आगोलागि पीडित राम बहादुर थामी, गोपिलाल थामी,रुद्र बहादुर ओली,अमृता ओली, शंकरकुमार ओली,नवराज सेढाई,चित्रप्रसाद सेढाई, दुर्गा ओली,राजु सेढाई,नारायण गीरी, चित्र बहादुर दर्जी,ओम बहादुर थामी,देवीप्रसाद ओली, कमला खाती, लक्ष्मी विश्वकर्मा र सुरज ओलीको परिवारलाई नगद १०÷१० हजार रुपैयाँका दरले आर्थिक सहित त्रिपाल सहयोग गरेको हो । पिडीत परिवारलाई दोलखाका प्रमुख जिल्ला अधिकारी एंव जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष शेखर पौडेलले हस्तान्तरण गर्नुभएको छ । त्यसैगरी पीडित परिवारलाई जिल्ला नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले पनि तत्कालका लागि आवश्यक पर्ने अखाद्य सामाग्रीहरु सहयोग गरेको छ । उक्त सामग्रीहरु नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति गोकर्णप्रसाद पोखरेल र पुर्व सभापति हर्क बहादुर श्रेष्ठको टोलीले पिडीतलाई हस्तान्तरण गरेको हो । काल्चिोक गाउँपालिकाले पनि १ लाख रुपैयाँ रकम सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले वताउनुभयो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...