कृषि विषय पढ्ने विद्यार्थीलाई दोलखा समाज अष्ट्रेलियाको सहयोग
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा समाज अस्ट्रेलियाका अध्यक्ष विष्णु थापाको पहलमा कृषि तथा बाली विज्ञान विषय अन्तरगतका विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरिएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुमा कृषि तथा बाली विज्ञानका तीन वर्षे डिप्लोमा तहमा अध्ययनरत वैतेश्वर गाउपालिका वडा नम्वर १ का पम्फा घिसिङ र वडा नम्बर ८ का सविना जिरेललाई छात्रवृत्ति वितरण गरिएको होे ।
दोलखा समाज अस्ट्रेलियाका अध्यक्ष विष्णुबर थापाको विशेष पहलमा प्राप्त सो छात्रवृत्ति एक लाख रुपँयाँको चेक विद्यार्थी र अभिभावकको रोहबरमा विद्यालयका प्रधानाध्यापक विश्वमणि चौलााईँलाई हस्तान्तरण गरिएको हो ।
कृषि क्षेत्रको विकासका लागि कृषि शिक्षामा आकर्षण बृद्धि गर्ने उदेश्यले दोलखा समाज अष्ट्रेलियाले कृषि तथा बाली विज्ञान विषय अन्र्तगत तीन बर्षे डिप्लोमा तहमा अध्यनरत विद्यार्थीलाई सहयोग गरेको दोलखा समाज अस्ट्रेलियाका अध्यक्ष विष्णु बहादुर थापाको भनाइ छ ।
प्रेम पूर्ण प्रताप फाउण्डेशन र उज्यालो भविष्य संस्थाको समन्वयमा छात्रबृत्ति रकम प्रदान गरिएको हो ।
संस्थाको पहलमा भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावती स्थित क्षमावती माविमा कृषि तथा बाली विज्ञान विषय अन्र्तगत तीन बर्षे डिप्लोमा तहमा अध्यनरत सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिकाका निर्मला तमाङ, रौतहट यमुनामाई गाँउपालिकाका प्रेम शाह, रामेछाप उमाकुण्ड गाँउपालिकाका सन्देश सुनुवार, सोलुखुम्बु लिपुलेख गाँउपालिकाका बिपिन वस्नेत, रामेछाप उमाकुण्ड गाँउपालिकाका रिसब कार्की, मिङ्मा लम्बु शेर्पा, दोलखा भीमेश्वर नगरपालिकाका पदम बहादुर अधिकारी र कालिञ्चोक गाँउपालिकाका बिरेन्द्र थामीलाई प्रेम पूर्ण प्रताप फाउण्डेशनका संरक्षक पद्यमा प्रधानको सहयोगमा प्रति व्यक्ति ८५ हजार रुपैयाको दरले छात्रवृत्ति रकम उपलब्ध गराईएको प्रेम पूर्ण प्रताप फाउण्डेशनका अध्यक्ष राजन वस्नेतले बताउनु भयो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...