भीमेश्वर नगरपालिकाका १२ सय भन्दा बढी जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य सेवा
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
फागुन ४
भीमेश्वर नगरपालिका दोलखाले नगरका विभिन्न स्वास्थ्य संस्थामा सम्पन्न स्वास्थ्य शिविरमा १ हजार २ सय ४२ जनाले स्वास्थ्य सेवा लिएका छन् । भीमेश्वर नगरपालिकाले नगरका ७ स्वास्थ्य केन्द्रमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा स्त्री रोग शिविरको आयोजना गरेसंगै ६८ वर्षका जेष्ठ नागरिकले सेवा लिएका हुन् ।
हालसम्म नगरपालिका वडा नं १ स्थित सुस्पा क्षमावती स्वास्थ्य चौकीमा १ सय ३६ जना, वडा नं २ डिल ढुङ्गा शहरी स्वास्थ्य केन्द्रमा १ सय ४२ जिलु आधारभूत स्वास्थ्य केन्द्रमा १ सय २९ जनाले स्वास्थ्य सेवा लिएका छन् । यसैगरी माटी स्वास्थ्य चौकी वडा नं ५ मा १ सय २२ जनाले सेवा लिएको भीमेश्वर नगरपालिकाले जनाएको छ । नगरपालिकाको मकैबारी स्वास्थ्य चौकीमा २ सय ७५ जनाले सेवा लिएका छन् । बोच स्वास्थ्य चौकीमा ््््२ सय ३२ जना र वडा नं ९ को खरिढुङ्गा शहरी स्वास्थ्य केन्द्रमा २ सय ६ जनाले सेवा लिएको भीमेश्वर नगरपालिकाले जनाएको छ ।
शिविरमा ६८ वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा,आँखा स्वास्थ्य सेवा र दन्त रोग परीक्षण तथा महिलाहरुका लागि स्त्री रोग सम्बन्धी कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष तारानाथ चौलागाईँले बताउनुभयो ।
नवनिर्वाचित नगरका पदाधिकारीहरुको दोस्रो बैठकले जेष्ठ नागरिक र महिलाका लागि निरन्तर स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । यस्ता कार्यक्रम निरन्तर हुने प्रवक्ता चौलागाईँको भनाइ छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...