विद्यार्थीले सिकाए व्यावसायिक सिप
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
बुढा भीमसेन माध्यमिक विद्यालय दोलखाका विद्यार्थीले मुढा बनाउने सिप आदानप्रदान गरेका छन्् । विद्यालयका कक्षा ९ का विद्यार्थी आभाष बस्यालले आफूले जानेको सिप विद्यार्थी बीच प्रदर्शन गर्नुभएको हो । । घरमा आमा बाबुबाट सिप सिक्नुभएका बस्यालले विद्यालयका विद्यार्थीबीच सिप सिकाएको विद्यालयले जनाएको छ ।
विद्यालयमै सम्पन्न गरिएको एक दिवसीय मुढा बनाउने सिप विकास कार्यक्रममा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालयमा आयोजना गरिएको तालिमले बालबालिकामा सिर्जनात्कताको विकास हुनुका साथै समाजमा पनि सकारात्मक सन्देश जाने विद्यालयका प्रधानाध्यापक राजन कार्कीले बताउनुभयो । कितावी ज्ञानसंगै व्यहारिक सिपको महत्व बुझाउन विद्यालयले कार्ययोजना बनाएरै लागू गरेको कार्कीको भनाइ छ ।
सिप सिकेपछि कक्षा ९ की छात्रा रजिता सुनुवारले विदाको समयमा मुढा बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो,“किताबका विषयमात्र नभएर समय समयमा यस्ता सिप सिक्न सके आम्दानी गर्न समेत सजिलो हुने रहेछ ।”
विद्यालयमा पठन पाठन गरिने व्यवसायिक शिक्षा अन्तरगत विद्यार्थीलाई हस्तकलाका सिपको प्रवद्र्धन गर्ने उद्देश्यले विद्यार्थीमा भएको सिपलाई अन्य विद्यार्थीमा हस्तान्तरण गर्नेे कार्यक्रमको आयोजना गरिएको विषयगत शिक्षक राजु नेपालीको भनाई छ । परम्परागत सिपसंगै विद्यालयले गत साता हस्तकला प्रर्दशनी कार्यक्रमकोसमेत आयोजना गरेको थियो ।
तालिममा मुढाका लागि आवश्यक सिटा बनाउने,मुढा बाँध्ने र तयारी लगायतका विषयमा विद्यार्थी वसेलले जानकारीसहित नमुना मुढा तयार पारेर प्रदर्शन गरेका थिए भने अन्य विद्यार्थीले पनि संगै मुढा तयार गरेका थिए ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...