काठमाडौंको जडीबुटी चोकमा पनि जनसचेतनको सेवा सञ्चालन
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
काठमाडौं ।
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र काठमाडौंको जडीबुटी चोकमा सञ्चालन गरिएको छ । काठमाडौं बस्ने शेयर सदस्यहरुको चाहनालाई ध्यान दिएर सेवाकेन्द्र उद्घाटन गरिएको संस्थाका अध्यक्ष हेमन्त चौलागाईँले बताउनु भयो ।
संस्थाका अध्यक्ष हेमन्त चौलागाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष चौलागाईले ‘शेयर सदस्यहरुको निकै लामो समयदेखिको मागलाई पूरा गर्न सफल भएको धारणा राख्नुभयो ।
सेवाकेन्द्रको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले रिबन काटेर एवं दीप प्रज्ज्वलन गर्दै गर्नुभएको थियो । साथै वैदिक परम्परा अनुसार स्वस्तीपाठ पनि गरिएको थियो ।
केन्द्रको उद्घाटन गर्दै उप्रेतीले अहिले सहकारी क्षेत्रलाई चारैतिरबाट आक्रमण भैरहेकोले यसका विरुद्द एकजुट हुन सबै सहकारीलाई आव्हान गर्नुभयो । उहाँले भन्नुभयो ‘यतिबेला सहकारीका लागि निकै ठूलो संकटको बेला भएकोले सहकारी अभियान जोगाउन सहकारीकर्मीहरु सचेत ढंगले आफ्नो क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वागमती प्रोस्कुनका महासचिव जीवसराज खड्काले सहकारी अभियानको उत्कृष्ट सहकारी जनसचेतन भएकाले अन्य सहकारीले पनि यसबाट सिकेर शेयरसदस्यको भावना अनुरुप काम गर्न आग्रह गर्नुभयो ।
जनसचेतनका संस्थाका संस्थापक अध्यक्ष यज्ञराज ढुंगेलले सबै सहकारीहरु सहकारीको मूल्य, मान्यता र कानून अनुसार चल्ने हो भने यो अभियानमा समस्या नहुने बताउनुभयो ।
जनसचेतनका पूर्व सिइयो कृष्ण कुमार श्रेष्ठले जनसचेतन सहकारीले समय अनुसार आफूलाई बजारमा लैजान सकेकाले दिन प्रतिदिन सफलता हाँसिल गरेको बताउनुभयो ।
उद्घाटन कार्यक्रमका सहभागी शेयर सदस्य जयप्रसाद दाहालले भन्नुभयो ‘जडिबुटी चोकको दायाँपट्टी सन्चो भवनको छेउमा सजिलै पुग्न सकिने ठाउँमा सेवाकेन्द्र सुरु गरेकोमा आफूलाई निकै खुशी लागेको छ, जनसचेतलाई धन्यवाद दिन चाहन्छु र सबैलाई जानकारी पनि दिन्छु ।’
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...