भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

परोपकार साकोसका शेयर सदस्यलाई सीप विकास तालिम

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

परोपकार महिला साकोसले शेयर सदस्यलाई भेलवेटको चप्पल बनाउने तालिम सञ्चालन गरेको छ । शेयर सदस्यको आर्थिक आत्मनिर्भरता र व्यावसायिकताका लागि तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष सर्मिला सापकोटाले बताउनु भयो ।
भीमेश्वर नगरपालिकाको समन्वयमा भेलवेटका चप्पल बनाउने तालिम सञ्चालन गरेको संस्थाले जनाएको छ ।
तालिमको उद्धघाटन भीमेश्वर नगरपालिकाका महिला,वालवालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा अधिकृत सुर्जा दहालले एक कार्यक्रमका बीच गर्नुभएको थियो । कार्यक्रममा आवाज नेपाल दोलखाकी अध्यक्ष सृजना कार्की, तालिम प्रशिक्षक कविता अधिकारी,संस्थाकी अध्यक्ष शर्मिला सापकोटा,संस्थाकी उपाध्यक्ष अप्सरा चौलागाईँ,कोषाध्यक्ष भवानी खड्का लगायतले तालिमको प्रभावकारीताका विषयमा मन्तव्य राख्नु भएको थियो ।


७ दिनसम्म सञ्चालन हुने तालिममा सहकारीका शेयरसदस्य भित्रका १२ जनासहभागी रहेका छन् । परोपकार महिला साकोसले आफ्ना सदस्यलाई प्रदान गरेको यो पाँचौ चरणको तालिम हो । संस्थाले प्रत्येक वर्ष फरक–फरक सीप विकासका तालिम सञ्चालन गरि सदस्यहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको संस्थाको भनाइ छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.