उद्धव पोखरेल वागमती प्रदेशकै उत्कृष्ट इन्सेक प्रतिनिधि
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का दोलखा जिल्ला प्रतिनिधि उद्धब प्रसाद पोखरेल बागमती प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत हुनुभएको छ ।
इन्सेकले आईतबार प्रजातन्त्र दिवसको अवसरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गर्दै प्रत्यक प्रदेशका एक/एक जना उत्कृष्ठ जिल्ला प्रतिनिधिलाई पुरस्कृत गरेको हो । सन् २०२२ मा उत्कृष्ठ कार्य सम्पादन गरे बापत पोखरेललाई पुरस्कृत गरिएको इन्सेक बागमती प्रदेशले जनाएको छ । १८ बर्षदेखि इन्सेक जिल्ला प्रतिनिधिको रुपमा कार्यरत पोखरेल दोश्रो पटक उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत हुनुभएको हो ।
पोखरेलसहित सात प्रदेशका सातजना उत्कृष्ट जिल्ला प्रतिनिधिलाई सात/सात हजार नगद र प्रसंशापत्रले पुरस्कृत गरेको हो ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा सन् २०२२ को जनावरीदेखि डिसेम्बरसम्म नेपालमा मानव अधिकारको अवस्था सम्बन्धि प्रतिवेदन समावेश गरिएको इन्सेकले जनाएको छ ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...