विगुमा निशुल्क स्वास्थ्य सेवा, ७ सय बढी लाभान्वित
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको विगु गाउँपालिकामा संञ्चालन भएको निशुल्क स्वास्थ्य शिविरमा ७ सय बढीले सेवा लिएका छन् ।
बैतेश्वर गाउँपालिका ५ मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था र विगु गाउँपालिकाको आयोजना तथा समुन्द्र नेपालको सहयोगमा फागुन ८ र ९ गते विगुको ५, ६, ७ र ८ मा सम्पन्न भएको शिविरमा ७ सय ३३ जनाले सेवा लिएका हुन् ।
विगु गाउँपालिकाको आलम्पुमा आयोजना गरिएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै जनसचेतन बचत तथा ऋण सहकारीका संस्थाका अध्यक्ष हेमन्त चौलागाईले सहकारीले वित्तिय कारोबार मात्र नभई सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्ने शिलशिलामा शिविरको आयोजना गरेको बताउनुभयो ।
शिविरबाट प्राप्त उपलब्धीले आफुहरुलाई आगामी दिनमा पनि यस्तै गतिविधी गर्न प्रेरित गरेको भन्दै । चौलागाईंले यस्ता कार्यक्रमहरु संस्थाको कार्यक्षेत्र रहेका अन्य स्थानमा पनि आयोजना विश्वास व्यक्त गर्नुभयो ।
२ दिनसम्म संञ्चालन भएको शिविरमा विगु ५ र ८ मा ४ सय जना र विगु ६ र ७ मा ३ सय ५० जनाले पाठेघर तथा प्रजनन स्वास्थ्य, जनरल स्वास्थ्य जाँच सम्बन्धी निशुल्क स्वास्थ्य जाँच गराएको जनसचेतन सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा काठमाण्डौ स्थित ग्राण्डी अस्पतालका जनरल फिजिसियन डाक्टर राजिव थपलिया र प्रिया शेर्पा, वीर अस्पतालका सर्जन डाक्टर विजयकुमार शाह, प्रसुती गृह थापाथलीका स्त्री रोग विशेषज्ञ बबिता शाह, ईशान अस्पतालका स्त्री तथा बाल रोग विशेषज्ञ डाक्टर पिङकी शाह, विगु अस्पतालका डाक्टर प्रतिक कुमार ठाकुर लगायतले स्वास्थ्य जाँच तथा परामर्श सेवा दिनुभएको थियो ।
शिविरका क्रममा स्त्री रोगसँग सम्बन्धित केही गम्भीर प्रकृतिका बिरामीहरु समेत फेला परेकोले गाउँपालिकाले आवश्यक समन्वय गरी थप उपचारको व्यवस्था गरिने विगु गाउँपालिकाका स्वास्थ्य संयोजक रत्नबहादुर थामीले बताउनु भयो ।
मैनापोखरीमा मूख्य कार्यालय रहेको संस्थाको विगु गाउँपालिकामा मात्रै ३ सहित जिल्लाभर १६ र राजधानी काठमाण्डौमा १ गरी १७ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । संस्थामा ४० हजार सदस्य आवद्ध रहेका छन् भने संस्थाको गत माघ महिना सम्मको कारोबार २ अर्ब ३४ करोड भन्दा बढी रहेको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...