बुढा भीमसेन माध्यमिक विद्यालयको स्थापना दिवस
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका ५ स्थित बुढाभीमसेन माध्यमिक विद्यालय धरमघर दोलखाको ५४ स्थापना दिवस एवं १६ औ अभिभावक दिवस सम्पन्न भएको छ ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न दिवसलाई सम्बोधन गर्दै प्रमुख अतिथि मानन्धरले शैक्षिक गुणस्तर वृद्धि गर्नु आजको आवश्यकता भएको अवधारणा राख्नुभयो । आपना सन्तानलाई कस्तो बनाउने भन्ने विषयमा अभिभावक जिम्मेवार बन्नु पर्ने उहाँको भनाइ छ । शिक्षा विकासका लागि नगरपालिकाको सधै सकारात्मक सहयोग रहेको धारणा समेत राख्नुभयो ।
भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठले विश्व वजारसंग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माण तर्फ लाग्न विद्यालयलाई आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले विद्यालयलाई थप नमुना वनाउन वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले शैक्षिक गुणस्तर र विद्यार्थी दर विद्यालयका लागि चुनौति बन्दै गएको भन्दै योजना बनाएर जानुपर्ने आवश्यकता औल्याउनुभयो । शैक्षिक सुधारको नायक शिक्षक भएकोले समय अनुसार आफूलाई आफैले विश्वासको वातावरण वनाएर जान शिक्षकलाई आग्रह समेत गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य धन बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष कृष्ण बहादुर कार्की,विष्णुबाबु कुँवर,हाम्रो जनकल्याण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन कार्की,समाजसेवी पशुराम महत लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक राजन कार्कीले प्रगति प्रतिवेदन र शिक्षक जगत बहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका बालबालिकाले विभिन्न साङ्गितिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए । यसैविच दिवसको पुर्व सन्ध्यामा आयोजना गरिएको विभिन्न अतिरिक्त क्रियाकलापका सहभागीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
विद्यालयमा स्थापना भएका छात्रवृत्ति अक्षय कोषमा विभिन्न विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको छ । कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं ५ धरमघरका महिला समूहले पञ्चेवाजा बजाएर प्रदर्शन गरेका थिए । भीमेश्वर नगरपालिका वडा नं ५ को सहयोगमा तालिम लिँदै गरेका महिलाले कार्यक्रमका प्रमुख अतिथि ईश्वर नारायण मानन्धरलाई पञ्चेवाचा बजाएर स्वागत गरेका थिए ।
विद्यालयमा शिक्षक,विद्यार्थी र अभिभावकको सम्मान
बुढा भीमसेन माध्यमिक विद्यालयले विद्यालयको ५४ स्थापना दिवस एवं १६ औ अभिभावक दिवसको अवसर पारेर उत्कृष्ट शिक्षकको सम्मान गरेको छ । विद्यालयमा शैक्षिक एवं प्रशासनिक क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै विद्यालयमा सहायक प्रधानाध्यापकको जिम्मेवारीमासमेत रहनु भएका शिक्षक गोकर्ण बस्नेतलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरेको विद्यालयले जनाएको छ ।
यसैबीच दीर्घसेवासंगै शिक्षण सेवामा उत्कृष्ट कार्य गरेको भन्दै शिक्षक विन्दा बस्नेत सम्मानित हुनु भएको छ ।
विद्यालयले Student of the year कक्षा १० का विद्यार्थी अभिनव कार्कीलाई घोषणा गर्दै पुरस्कार प्रदान गरेको छ ।
विद्यालयका पूर्व कर्मचारी भीम बहादुर कार्कीलाई प्रसंसापत्रसहित सम्मान गरेको छ भने उत्कृष्ट अभिभावककको रुपमा वविता नेपाली सम्मानित हुनु भएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...