महिला समूहले पञ्चेबाजा बजाउँदै मेयरलाई स्वागत गरे ।
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
भीमेश्वर नगरपालिका वडा नं ५ का महिला समूहले पञ्चेबाजा बजाउँदै आज भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरलाई स्वागत गरेका छन् । बुढाभीमसेन माध्यमिक विद्यालय धरमघरको ५४ औं स्थापना दिवसको अवसर पारेर विद्यालय पुग्नु भएका प्रमुख मानन्धरलाई पञ्चेबाजा बजाएर स्वागत गरेका हुन् ।
भीमेश्वर नगरपालिका वडा नं ५ को सहयोगमा १५ दिने तालिम लिएका महिलाले तालिम अवधिमा नै पञ्चेवाजा बजाएर स्वागत गरेपनि प्रमुख मानन्धरले खुसी व्यक्त गर्दै महिला समूहलाई धन्यवाद दिनुभयो । महिलाको क्षमता विकास भए घर परिवार र समाज खुसी हुने भन्दै आफूले चाहेको समाज निर्माणमा महिलाले गरेको कामको प्रसंसा गर्नुभयो ।
पञ्चेबाजा महिला समूहलाई पोसाक तत्काल उपलब्ध गराउने,बाजा खरिद र व्यवस्थापनसंगै सिप विकासका लागि पुनरताजगी तालिम व्यवस्थापनको जिम्मा लिने समेत प्रमुख मानन्धरले विश्वास दिलाउनु भयो ।
दोलखा जिल्लामा नै पहिलो पटक महिलाले पञ्चेबाजा बनाउन तत्परता देखाएपछि वडा नं ५ का वडाध्यक्ष बासु श्रेष्ठले खुसी व्यक्त गर्नुभयो । नमुना पञ्चेबाजा टोली बनाउन वडाले आवश्यक सहयोग गर्ने उद्घोष गर्नुभयो ।
उर्जाशील भएर महिला समूहले पञ्चेबाजा बजाएको देखेर स्थानीयले खुलेर प्रसंसा गरे ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...