भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

कालिनाग पूर्व विद्यार्थी समाजद्वारा पूर्व शिक्षक र अध्यक्षहरुको सम्मान

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

कालिनाग माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज कालिन्चोक –८ सुनखानीले पूर्व शिक्षक कालिका पाठकलगायत पूर्व अध्यक्षहरुको सम्मान गरेको छ ।  समाजको अधिवेशन तथा  सम्मान कार्यक्रमको अवसर पारेर पूर्व अध्यक्षलगायत पूर्व शिक्षक पाठकलाई विशेष सम्मान गरेको हो ।


राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालको सर्वपक्षीय विकासका लागि योगदान पुर्याउने स्थापनाकालदेखिका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टिकाभक्त शिवाकोटी, खड्ग प्रसाद शिवाकोटी, ,रतिराम शिवाकोटी,संग्राम बहादुर आचार्य,कृष्ण प्रसाद शिवाकोटी,भानुभक्त आचार्यलाई सम्मान गरेको हो ।


यस्तै विद्यालयका पूर्व अध्यक्ष कृष्ण प्रसाद शिवाकोटी,भानुभक्त आचार्य, बालकृष्ण शिवाकोटी,गणेश शिवाकोटी,डम्बर वयलकोटी र कृष्ण बहादुर बुढाथोकी लगायत १० पूर्व अध्यक्षहरुको सम्मान गरिएको पूर्व विद्यार्थी समाजले जनाएको छ ।
कार्यक्रममा पूर्व विद्यार्थी समाजका सचिव गणेश शिवाकोटीले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अनिल शिवाकोटीले प्रस्तुत गर्नुभएको थियो ।
पूर्व विद्यार्थी समाजका अध्यक्ष जगधीश खरेलको अध्यक्षतामा भएको कार्यक्रममा कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी लगायत कालिनाग माध्यमिक विद्यालय सुनखानीका पूर्व विद्यार्थी,पूर्व शिक्षक,पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।


अधिवेशनले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.