कमजोर भावना र हीनताबाट माथि उठौैः शंकरलाल श्रेष्ठ
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
महिलामा भएको महानपन विद्यालयको कक्षा कोठामा प्रयोग गरेर देखाउन शिक्षकका नेता शङ्करलाल श्रेष्ठले महिला शिक्षकलाई आग्रह गर्नु भएको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय समिति वागमती प्रदेश इन्चार्ज श्रेष्ठले शैक्षिक उन्नयमा महिला शिक्षकको भूमिका अतुलनीय रहेको स्मरण गर्नुभयो । आमापन,व्यावहारिकता र मनोविज्ञानवेत्ता महिलामा बढी हुने भएकै कारण शैक्षिक गुणस्तर वृद्धि हुने धारणा राख्नुभयो । साथै म महिला हुँ भन्ने कमजोर भावना र हीनताभावबाट माथि उठ्न पनि उहाँले आग्रह गर्नुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभाग दोलखाले आयोजना गरेको शैक्षिक गुणस्तर अभिवृद्धिमा महिला शिक्षकको भूमिका विषयक कार्यक्रमको सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटि दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले समग्र विकासमा महिलाको भूमिका फरक र उल्लेखनीय भएको भन्दै समयअनुसार प्रविधिमा सुधार गर्दै जान महिला शिक्षकलाई सुझाव दिनुभयो । महिलाहरुलाई अस्वस्थ प्रतिप्रर्धाबाट अलग रहदँ समाजमा प्रतिस्पर्धाको लागि तयारी अवस्थामा रहन अध्यक्ष श्रेष्ठको अनुरोध थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघ दोलखा सदस्य सूर्य चौलागाईँले महिलाको सुरक्षा र सम्मानमा आज पनि चुनौति रहेको बताउनु भयो । महिलाको संवेदनशीलतालाई स्थानीय सरकारले ध्यान दिन नसक्दा महिला शिक्षकमाथि विभेदपूर्ण व्यवहार खेप्नु परेको उदाहरण समेत प्रस्तुत गर्नुभयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समितिका अध्यक्ष बालकृष्ण दहालले शैक्षिक गुणस्तर वृद्धिमा महिलाको भूमिका महत्वपूर्ण रहेको अनुभव सुनाउनु भयो । शैक्षिक विकासका लागि विद्यालयमा सर्वपक्षीय एकता आवश्यकता रहेको भन्दै सबैले कमीकमजोरी सुधार गर्दै जानुपर्ने धारणा राख्नु भयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति उपाध्यक्ष तथा महिला विभाग दोलखाकी संयोजक विमला दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक कल्पना पौडेलले शैक्षिक गुणस्तर अभिबृद्धिमा महिला शिक्षकको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभाग सदस्य अञ्जना सुवेदी,अम्बिका कार्की लगायतले महिला शिक्षकको अबस्था र भूमिकाका विषयमा मन्तव्य राख्नु भएको थियो ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...