महिला दिवसको अवसरमा पुस्तकालयको सहयोग कार्यक्रम
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता
११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गौरीशंकर सामुदायिक पुस्तकालय दोलखाले विभिन्न सहयोगका कार्यक्रम गरेको छ । भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न सहयोग कार्यक्रममा पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले सहयोग हस्तान्तरण गर्नु भएको हो ।
पुस्तकालयले हिँसा प्रभावित महिला तथा बालबालिका सेवा केन्द्र आवाज नेपालमा आश्रित सुत्केरी महिलालाई १० हजार रुपैया बराबरको खाद्यान्न सहयोग गरेको छ भने भीमेश्वर नगरपालिका वडा नं ५ का महिला पञ्चेबाजा समूहलाई बाजा खरिदका लागि दश हजार रुपैया नगद हस्तान्तरण गरेको पुस्तकालयले जनाएको छ ।
महिला दिवसको अवसरमा पुस्तकालयले गौरीशंकर सामुदायिक पुस्तकालय अन्तरगतका महिला समूहका सदस्यहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराको साथ आयोजित ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाको सुरक्षा र सम्मानार्थ सहयोग कार्यक्रमको आयोजना गरेको पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले बताउनु भयो ।
दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटनप्रर्वद्धन गर्न गर्ने उदेश्यले नयावर्ष...
ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा लामोसमयदेखी चुनौतीको रहेको ढल व्यवस्थापनको काम अघि बढेपछि बजारबासीलाई सहज भएको छ । एशियाली विकास बैकको...
सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग
समदृष्टि अनलाइन संवाददातादोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६...
९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ । टोल र जनताका...
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...