भर्खरै प्रकाशित: आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन पानीले फेरिएको धरमघरबासीको जीवन महङ्गो क्यामरा महङ्गो क्यामरा

हिंसामा परेका महिला तथा बालिकाको शिक्षा विषयक अन्तरक्रिया

2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाता

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले हिंसामा परेका महिला तथा बालिकाको शिक्षाका सन्दर्भमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ११३ औ अन्र्तराष्टिय महिला दिवसको सन्दर्भ पारेर सरोकारवालासंग कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अथिति एवं जिल्ला समन्वय समिति दोलखा प्रमुख वर्जुृराम घतानीले महिला तथा बालबालिका हिंसा लगायतका समस्यालाई सबैको साझा सवाल बनाएर जानु पर्ने धारणा राख्नुभयो । स्थानीय सरकारले दायित्व बोध नगरेसम्म सामाजिक समस्या समाधान नहुने भन्दै स्थानीय सरकार बलियो बनाउन सबै लाग्नु पर्ने बताउनु भयो ।


भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले मानवीय संवेदनाका सवालमा आफू गम्भीर भएको भन्दै खुल्ला मनले बजेटको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख मानन्धरले लक्षित वर्गले सेवा प्राप्त गर्ने कार्यक्रमको अभियानमा लागेको धारणा समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले हिंसा प्रभावित बालबालिकालाई शिक्षाको अधिकार दिलाउन समन्वय गरेर काम गर्ने धारणा राख्नुभयो । ‘कसैलाई पनि शिक्षाबाट वञ्चित गरिनु हुँदैन,हाम्रो जिम्मेवारी र कर्तव्य पनि हो’ प्रमुख श्रेष्ठले भन्नुभयो ।
हिंसा प्रभावित महिला तथा बालबालिकालाई सेवा प्रदान गर्दै आएको संस्था आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले हिंसा प्रभावित बालबालिकाको शिक्षा र स्वास्थ्यको कठिनाइ साथै चुनौतिका विषयमा जानकारी गराउँनु भयो । हिंसा प्रभावित आमा र उहाँका सन्तान दुबै शिक्षाबाट वञ्चित भएको उदाहरण दिँदै जवरजस्तीकरणीमा परेका बालिका र किशोरीमा सबैभन्दा धेरै समस्या रहेको अनुभव सुनाउनु भयो ।


सम्बन्ध विच्छेद भएका अभिभावकका बालबालिका,मादक पदार्थ सेवन गर्ने अभिभावक,दोस्रो विवाह,पारीवारिक विचलन,वैदेशिक रोजगारजस्ता कारण बालबालिकाको मनोबल कमजोर हुँदै गएको कार्यक्रमका सहभागीले धारण राखे ।
गतवर्षको तुलनामा यो वर्ष बालबालिका हराउने सङ्ख्या बढी रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क रहेको छ । बालबालिका हराउनु र घर छाड्नको कारण पनि हिंसा हुनसक्ने अनुमान गरिएको छ ।
कार्यक्रममा महिला अधिकारकर्मी,सामाजिक अभियन्ता,विद्यार्थी नेता, जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेल लगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि  द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददाता

  दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...

दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाता

जिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...

.