च्छो–रोल्पा अस्पताल र वेलायती संस्थाबीच सहकार्य गर्ने सम्झौता
2 वर्ष अगाडि | समदृष्टि अनलाइन संवाददाताच्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोट दोलखा र वेलायती संस्था हेल्थ पार्टनरशीप नेपालवीच सहकार्य गर्ने सम्झौता भएको छ ।
अस्पतालको तर्फबाट मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगाल र हेल्थ पार्टनरशीप नेपालको तर्फबाट वाल शल्य चिकित्सक डाक्टर शवनम, डाक्टर जाहिद सहित शल्यक्रिया विशेषज्ञ डाक्टर अर्चना केसीले सहकार्य गर्ने सम्झौता भएको हो ।
सम्झौतामा वेलायती संस्था हेल्थ पार्टनरशीप नेपालले च्छो–रोल्पा अस्पतालबाट विभिन्न प्रकारको विशेषज्ञ शल्यक्रिया सेवा प्रदान गर्ने,अस्पतालमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धि गर्नको लागि निरन्तर मेडिकल शिक्षा दिनुका साथै शल्यक्रिया सम्वन्धि उपकरण प्रदान गर्ने सहमति गरेको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो ।
सन् २००८ देखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको वेलायती संस्था हेल्थ पार्टनरशीप नेपालसँगको सहकार्यका लागि डा.दंगालले सन् २०१८ देखि समन्वय गर्दै आउनु भएको छ भने सम्झौता अनुसार २०७९ चैत्र ८ गते देखि १० गते सम्म अस्पतालमा वाल शल्यक्रिया सेवा सञ्चालन गरिने भएको छ । शिविरमा न्यून शुल्क सहित १६ वर्ष भन्दा मुनिका वालवालिकाहरुमा भएको हर्निया,हाड्रोशिल,फाइमोसिस,पोलेको,अण्डा नखसेको लगायत समस्याका शल्यक्रिया हुने अस्पतालल जनाएको छ ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...